एभरेष्टको ‘३६० डिग्री भ्यू’

| काठमाडाैं

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी हजारौं पर्यटकहरू आउने गर्दछन् । यसमध्येमा पनि अधिकांश पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गर्न रुचाउँछन् । दुई सिजनअशोजमंसिर र फागुनजेठमा यस क्षेत्रमा बढी मात्रमा पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ । खुम्बु क्षेत्रमा भ्रमण गर्ने अधिकांश पर्यटकहरू विदेशी नै हुन्छन् । बिदा मनाउन, विभिन्न विषयको अध्ययन अनुसन्धान गर्न, विभिन्न क्षेत्रमा सहयोग गर्ने र त्यसको अनुगमनका लागि आउने गरेका छन् । अक्टोबरको सिजनमा पर्यटकहरुको यस क्षेत्रमा बढी नै भीड देखिन्छ । सगरमाथाको प्रवेशद्धारा भनेर चिनिने नाम्चे बजार र यस क्षेत्रमा पर्यटकलाई लक्षित गरी विभिन्न होटल तथा लजहरू खोलिएका छन् । यी होटलहरुमा अधिकांश विदेशी नै बस्छन् । नेपालीहरू वस्नका लागि भने मुस्किलै पर्छ । यसरी निर्माण गरिएकोमध्ये एक हो एभरेष्ट शेर्पा रिसोर्ट ।२४ वर्षअघि निर्माण गरिएको यो रिसोर्ट स्याङबोचेमा अवस्थित छ । स्याङबोचे विश्वकै अग्लो ठाउँमा रहेको होटलमध्ये यो तेस्रो स्थानमा आउँछ । करिब १० रोपनी क्षेत्रफलमा फैलिएर बनेको रिसोर्टमा वस्ने, खाने लगायत सबै सुविधाहरू छन् ।

रिसोर्टको प्रमुख विशेषता ३६० डिग्री भ्यूहो । सबैको दृश्य देखिने भएकाले यस रिसोर्टलाई पानारामा होटलभनेर पनि चिनिन्छ । खुम्बु पासाङल्हमु गाउँपालिकामा रिसोर्ट अवस्थित छ ।

विशेषगरी सगरमाथा वेसक्याम्प, गोक्यो, थ्रीपास लगायत घुम्न जाने पर्यटकहरुको एक दिन नाम्चेमा विश्राम लिने गर्दछ । त्यस दिन पर्यटकहरू स्याङबोचे, थामे लगायतका स्थानमा घुम्न जान्छन् । स्याङबोचेमा रहेको विश्वकै अग्लो स्थानमा रहेको विमानस्थललाई हेर्नका लागि आउने पर्यटकहरुका लागि टि ब्रेकलिने आकर्षक थलोको रुपमा छ । त्यस्तै, यहाँबाट विश्वका अग्ला हिमशृंखलाहरुको दृश्यपान गर्न सकिन्छ । सगरमाथा, कोङदे, नुत्से, थामसेर्कु लगायतका दर्जनौ हिमाल र खुम्बु क्षेत्रको देवताको रुपमा रहेको खुम्विला पर्वतलाई नजिकबाट हेर्नका लागि रिसोर्टमा पर्यटकहरुको भीड लाग्ने गरेको छ । रिसोर्टको प्रमुख विशेषता ३६० डिग्री भ्यूहो । सबैको दृश्य देखिने भएकाले यस रिसोर्टलाई पानारामा होटलभनेर पनि चिनिन्छ । खुम्बु पासाङल्हमु गाउँपालिकामा रिसोर्ट अवस्थित छ ।

वरिपरिका दृश्यलाई नजिकबाट नियाल्नका लागि रिसोर्टको प्राङ्गणमा ठुलो दुरविनराखिएको छ । पर्यटकहरू पालैपालो दुरविनबाट हिमाल, पर्वतहरुलाई नजिकबाट नियाल्छन् । हिमशृंखलाहरू अवलोकन गर्न रिसोर्टमा विहान ६ बजेदेखि नै पाहुनाहरुको आगमन हुन्छ । करिब मध्यान्ह १२ बजेपछि बादलले सबै हिमालहरू डाक्ने भएकाले प्रायः सबै विहान नै यहाँ आइपुग्छन् ।

चारैतिर पर्खालले घेरेर दुईतिर ठूल्ठूला प्रवेशद्धारा र कलात्मक कृतिहरुले सजिएको घरमा रिसोर्ट सञ्चालनमा छ । भूकम्पअघि रिसोर्ट निक्कै आकर्षक थियो । केही क्षति पुगे तथापि अहिले पुरानो अवस्थामा ल्याइसकेका छौं ।रिसोर्टका म्यानेजर पासाङ ङिमा शेर्पाले भने– ‘पहिला रुमहरू धेरै थियो भूकम्पले क्षति पुर्याएपछि केही घटेको छ । तर, वस्नको लागि खतरा छैन ।विभिन्न क्षेत्रको अध्यायन, सोध तयार गर्ने, शान्त वातावरणमा केही समय वस्न रुचाउनेहरुका लागि रिसोर्ट छनौटमा पर्ने गरेको छ ।

रिसोर्ट नजिकै चरणमा रहेको याक, नाकहरू र उनीहरुको गलामा झुण्डिएका घण्टीहरुको सुमधुर आवाजले वातावरण थप मनोरञ्जनात्मक बनाउँछ । त्यस्तै, सल्ला, धुपी, अन्य जडीबुटीहरुको सुगन्धले स्वास्थ्यलाई समेत लाभ हुने सञ्चालक दोर्जी सुशील शेर्पा बताउँछन् । रिसोर्टमा एट्याच बाथ रुम, तातो चिसो नुहाउने व्यवस्था छ । त्यस्तै, २४ घण्टा वक्ति, समान तापक्रमको प्रवाह, इन्टरनेटको व्यवस्था रहेका छन् ।

३ हजार ८ सय ४१ मिटर उचाईमा रहेको रिसोर्टमा २२ वटा कोठा, ५० वटा वेड क्षमता छ । त्यस्तै, बसेर खाने आकर्षक रेष्टुराँ जसको क्षमता एकै पटक ५० जना बसेर खान सकिन्छ । राती भित्र बसेर खाने, रमाइलो गर्न सकिने डाइनिङको व्यवस्था छ भने विहान दृश्यवालोकण गर्नका लागि खुल्ला चौरमा समेत ५० भन्दा बढी अटिन्छ ।

रिसोर्टमा अनुभवी सेफ, कुक खानेकुरा तयार गर्ने र वेटरहरुले सेवा दिन्छन् । इटालियन, चाइनिज, कोरियन, इन्डियन, जापनीज खानका परिकारहरू पाइन्छ । नेपाली दालभात, रोटी तरकारी लगायत खाजाका आइटमहरू पाहुनाका छनौट अनुसार तयार हुन्छ । त्यस्तै, पेय पदार्थहरू पनि रिसोर्टले सुलभ दरमा उपलब्ध गराउँदछ । रिसोर्टका लागि आवश्यक खानेकुराहरू काठमाडौंबाट हेलिकोप्टरबाट स्याङबोचेमा ल्याउने गर्छन भने कतिपय रामेछापको मन्थलीबाट हवाईजहाजबाट लुक्ला र त्यहाँबाट खच्चड, जप्क्यो लगायत स्थानीय ढुवानीका साधन प्रयोग गरी परिपूति गर्छन ।

यस उचाईमा रहेपनि होटलको मेनु भने नाम्चे र त्यस क्षेत्रमा रहेको अन्य होटलकोभन्दा निक्कै सस्तो छ । १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत कर जोडेर रिसोर्टले अन्तिम विल जारी गर्छ । रिसोर्टमा नेपालीहरुका लागि भने विशेष छुटको व्यवस्था छ । रिसोर्टको अर्को विशेषता शेर्पा रहनसहन, आत्मीय आतिथ्य सत्कार, सुलभ, शान्त वातावरण र छिटो सेवा दिनु हो । एक जना पर्यटकले होटलमा एक रात बिताउन १ सय ७० डलर खर्चनुपर्छ ।

प्रतिकृया दिनुहोस्

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

रंगीनमय बन्दै गाउँ

img

भूकम्पपछि पुननिर्माणका अधिकांश घरमा जस्तापाता हालेपछि ग्रामीण भेग रङ्गिएका छन् ।  झट्ट हेर्दा ...

पत्रपत्रिका

सबै