हावाबाट विजुली, हर्षित छन् सप्तमीबासी

| पाँचथर

खुसी छन् स्थानीय । हावाबाट सधैं दुःख खेप्नुपर्थ्यो । त्यही हावाबाट विजुली बलेपछि हर्ष र उमंग छाएको छ, पाँचथर मिक्लाजुङ गाउँपालिका सप्तमीबासीलाई ।

जहाँ हावामात्र चल्छ । हावाको सिरेटोसँगै लागेको हुस्सु कुहिरोले छोपेपछि अन्धकारमय नै हुन्छ । जुन ठाउँ पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजार हो । त्यहाँ हावाहुरी नचलेको कुनै दिन हुन्न । हुस्सु नलागेको मौसम हुन्न । गाउँमा विजुली छैन । घर उज्यालो बनाउन प्रत्येकको घरको छानोमा सोलारको प्यानल राखिएको छ । हुस्सुले चार्ज हुँदैन । घाम नै चाहिन्छ । दिउँसो घाम लाग्नुभन्दा बढी हावा हुरीसँगै हुस्सु लाग्ने गर्छ । यस्तो पीडामा रुमलिरहेका मिक्लाजुङबासीको लागि अहिले खुशी मिलेको छ । गाउँमा सधैँ चलिरहने हावा र सोलारको सदुपयोगले विजुली बलेको छ ।

हावा र घामबाट विजुली बल्छ भन्ने कुराको हल्ला गत बैशाखमै उनले सुनेकी थिइन् । तर धनमायालाई हावाबाट विजुली बल्ने कुरा हावा नै लाग्या थियो ।

हावाबाट बत्ती बल्नु अविश्वासको कुरा थियो, विगतमा । मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारका धनमाया निरौला होटल व्यवसायी हुन् । रातमा सोलार नबल्दा हैरानी खेप्दै होटल संचालन गर्दै थिइन् । हावा र घामबाट विजुली बल्छ भन्ने कुराको हल्ला गत बैशाखमै उनले सुनेकी थिइन् । तर धनमायालाई हावाबाट विजुली बल्ने कुरा हावा नै लाग्या थियो । पुषको पहिलो साताबाट हावाबाट विजुली बल्यो । थापा दङ्ग परिन् । घर–घरमा झलमल बत्ती बल्यो । होटलमा ग्राहकसँग हँस्यौली ठट्टामा भन्छिन्– “हावा र घामबाट बत्ती बल्दा अचम्मै भो ! घरै उज्यालो, वनै उज्यालो, मनै उज्यालो ।” नियमित बत्ती बल्न थालेसँगै आजभोलि थापा खुसी छिन् । सधैं साँझ छिट्टै होटल बन्द गर्थिन् । आजभोलि भने उनी आफ्नो होटलमा राती अबेरसम्म काम गर्न थालेकी छिन् । बत्ती बलेसँगै काम गर्न सजिलो भएको छ ।सँगै जोसजाँगर पनि बढेको उनी सुनाउछिन् ।

घरको छानोमा सोलारको प्यानल टल्काएर पनि अँध्यारोमै बस्न बाध्य सप्तमीकै डम्बरमाया मगर पनि हुस्सु र कुहिरोको पिरलोबाट मुक्त छिन् । हावा र सौर्य उर्जाबाट विजुली बलेपछि उनी खुसी छिन् । ‘हावा र घामबाट बत्ती बल्छ’ यो उनीलाई पनि हावा कुरा लाग्थ्यो । तर पौष पहिलो साताबाट बत्ती बलेपछि उनी पनि दंग छिन् ।

मिक्लाजुङमा गत बैशाख पहिलो साताबाट टप्सन कृष्णग्रिल जेभीले वायू तथा उर्जा निर्माणको काम थालेको थियो । पुष दोस्रो साता निर्माणको सम्पूर्ण काम सकेर परीक्षण गरिएको थियो । पुष मसान्तसम्म परीक्षणमा नै राखेर माघ महिनादेखि भने विद्युत प्रसारण गरिएको सप्तमी वायु तथा उर्जा मिनी ग्रिड उपभोक्ता समितिले जनाएको छ ।

केही वर्षअघि सप्तमी बजारदेखि ठिक माथिको डाँडामा हावाको गति मापन गरिएको थियो । इलेक्ट्रीकल इञ्जिनियरसहितको प्राविधिक टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गर्यो । सर्वेक्षणमा हावाको गति तीब्र पाएपछि २० किलोवाटसम्म विद्युत उत्पादन गरिएको समितिका अध्यक्ष गंगाबहादुर आङ्देम्बेले बताए । त्यसमा सौर्य प्रणालीबाट पनि ५० किलोवाट थप गरी कूल ७० किलोवाट विद्युत उत्पादन गरिएको अध्यक्ष आङ्देम्बेले जानकारी दिए ।

वायु तथा सौर्य उर्जाबाट उत्पादन गरिएको विद्युत सप्तमी बजारसँगै आसपासका कूल १ सय १० घरमा जडान गरिएको छ ।

उक्त विद्युत उत्पादनको काम वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ४ करोड ५ लाख, उपभोक्ताको २० लाख २५ हजार र गाउँपालिकाको २४ लाख ७५ हजार रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो 

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

पत्रपत्रिका

सबै