दोलखामा हिमपातले जनजीवन प्रभावित (फोटोफिचर)

| दोलखा
तस्विर : फेसबुकबाट

देशैभर मौसमी बदलीसँगै विभिन्न स्थानमा हिमपात भएको छ । रातभरको पानीले काठमाडौंको चन्द्रगिरी, चोभार, मकवानपुरको दामन, मुस्ताङ, सोलुखुम्बु, दोलखा लगायतका स्थानमा हिउँ परेको छ ।

दोलखाको कालिञ्चोक, शैलुङ, खरिढुंगा, जिरी, हनुमन्ते, खावा लगायतका क्षेत्रमा हिमपात भएको हो । हिउँमा रमाउन विशेषतः आन्तरिक पर्यटकको बृद्धि ह्वात्तै बढेको हो । वर्षा र हिमपातसँगै जिल्लामा चिसो बढेको छ । मानिसहरुले घरदेखि होटल हुँदै कार्यालयमा विद्युतीय हिटर र दाउराको आगो तापेर बसेका छन् । चिसोले गर्दा चरणमा लैजानुपर्ने वस्तुमा गोठमा बाँधिएका छन् । वस्तुभाउलाई घाँसपात खुवाएर राखिएका छन् ।

पानी परेसँगै लामोसाँघु–जिरी सडकखण्ड हिलाम्मे भएको छ । व्यापक धुलौटे बनेको सडकमा साउने कोदोबारी जस्तै बनेकोले सवारीसाधनलाई थप समस्या परेको छ ।

चिसोले विशेषगरी वृद्धवृद्धा, बालबालिका र दम रोगी बढी प्रभावित भएका छन् । जाडोको बेलामा भाइरस तथा व्याक्टेरिया सक्रिय हुने भएकाले कोल्ड डायरिया, निमोनिया, दम, बाथ, उच्च रक्तचाप, एलर्जी लगायतका समस्या देखिने चिकित्सकहरुले बताएका छन् । 

भूमध्येसागर हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएपछि हिमाली भेगमा यो वर्ष विगतमाभन्दा अधिक र बाक्लो हिमपात भएको विज्ञहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

टुडिखेलमा साेनाम ल्होछार (फोटोफिचर)

img

२८५५ फाग् ल्हो, (सुंगुर वर्ष) को अवसरमा काठमाडौंस्थित टुँडिखेलमा ल्होछार सम्पन्न भएको ...

प्रदेश ३ को नाम नेवाः ताम्सालिङ माग गर्दै प्रदर्शन (फोटोफिचर)

img

प्रदेश ३ को नाम नेवाः ताम्सालिङ माग गर्दै हेटौडामा नागरिक दबाब सभा ...

टुडिखेलमा तमु ल्होछारको राैनकता (फोटोफिचर)

img

गुरुङ समुदायले आफ्नो नयाँ वर्षको रुपमा हर्षोउल्लासका साथ तमु ल्होसार मनाएको छ। हरेक ...

हिमालको काखमा कुटुम्साङ (फोटोफिचर)

img

समुद्री सतहबाट २५ सय मीटर उचाईमा रहेको छ, कुटुम्साङ । यो नुवाकोट ...

सिए अध्यनरत कृतज्ञ अर्यालले बनाएका स्केचहरु भाइरल

img

स्याङ्जा वालिङकि कृतज्ञ अर्याल सिए पढ्दै गरेकी बिद्यार्थी हुन् । उनी अहिले ...

पूर्वी पहाडी भेगमा हिमपात, जनजीवन प्रभावित

img

धनकुटा लगायत पूर्वी पहाडी जिल्लाहरुमा हिमपात भएको छ । हिउँ परेपछि यश ...

पत्रपत्रिका

सबै