ओपोलाई टीयूभी ह्रायनल्याण्डद्वारा मान्यता

| काठमाडाैं

प्रसिद्ध अन्तरराष्ट्रिय सेफ्टी अथोरिटी, टीयूभी ह्रायनल्याण्ड, जर्मनीले ओपो ईलेक्ट्रोनिक्सको स्वामित्व अन्तर्गतको र्यापिड चार्ज प्रविधि, भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्याण्ट–करेण्ट चार्जिङ (भोक)लाई मान्यता प्रदान (सर्टिफाइड) गरेको छ । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालमा पनि भरखरै सार्वजनिक ओपो एफनाइन मार्फत यो प्रविधि उपलब्ध गराइसकेको छ । हाल विश्वभर १० करोडभन्दा बढी स्मार्टफोनमा यो प्रविधिको प्रयोग भइसकेको छ ।

भोक प्राविधिकलाई प्रदान गरिएको यो सुरक्षा प्रमाणिकरण विभिन्न कठोर परीक्षण मानक र परीक्षणका सत्रहरुमा सफलतापश्चात प्रदान गरिएको हो । त्यसैगरी, दैनिक प्रयोगमा सुरक्षाको सुनिश्चितताका लागि ब्याट्री तथा चार्जिङ साइकलको महिनौको परीक्षणपनि गरिएको बताइएको छ । चार्जिङ शक्तिलाई बृहत्त ५० वाट (१०भी५ए) सम्म पुर्याउने सुपर भोकलाई यस प्रमाणिकरणले वास्तवमै सुरक्षित प्रमाणित गरिदिएको छ ।

प्रमाणिकरण प्रकृया अन्तर्गत औद्योगिक आवश्यकता अधिक १ हजार ट्रायल परीक्षण, ६ सय स्वतन्त्र फास्ट चार्ज÷डिस्चार्ज ब्याट्री लाईफ परीक्षण र चार्जिङ टर्मिनल्समा १० हजार हट प्लग परीक्षण गरिएको जानकारी दिइएको छ । यी परीक्षण र नतिजाले मोबाइलको फास्ट चार्जिङ प्रविधि सुरक्षित र विश्वासिलो रहेको प्रमाणित गरेको छ । वैश्विक प्रमाणिकरण र ब्यापक बौद्धिक सम्पत्ति रणनीतिक साझेदारीहरुका साथमा ओपोले उपभोक्ताका लागि थप सुरक्षित र सरल फ्ल्याश चार्जिङ अनुभव दिइरहेको छ ।

वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपो, प्राविधिक नवप्रबद्र्धनका साथ आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट मोबाइल अनुभव प्रदान गर्न निरन्तर प्रयासरत छ । यसै प्रकृया अन्तर्गत फाइण्डएक्सको सुपरभोक भर्जनका साथै ओपो आर१७ प्रोपनि सुपरभोक फ्ल्याश चार्ज सुसज्जित छ ।

सुपरभोक प्रविधिका साथमा स्मार्टफोनले मात्र १० मिनेटको अन्तरालमा फोनको ब्याट्रीलाई ४० प्रतिशतसम्म चार्ज गर्ने क्षमता पाउँछन् । सुपरभोक फ्ल्याश चार्जले ५ तहको सुरक्षापनि प्रदान गर्छ । यसले फोन चार्जमा रहेको अवस्थामा सुरक्षाको सुनिश्चितता प्रदान गर्छ । यसमा रहेका विशेष चिप्सले चार्जिङ प्लग, यूएसबी केबल, मोबाइल फोन र ब्याट्रीलाई छुट्टा छुट्टै तहमा सुरक्षा प्रदान गर्छ । साथै, थप सुरक्षाको प्रत्याभूति प्रदान गर्ने सोचका साथ ओपोले टीयूभी ह्रायनल्याण्ड ल्याबसँग नजिकको सहकार्य गरिरहेको छ ।

जर्मनीको कोलोग्नमा मुख्यालय रहेको टीयूभी ह्रायनल्याण्ड प्राविधिक परीक्षण सेवा र प्रमाणिकरण संस्था हो । यूरोप, एसिया, अफ्रिका र अमेरिकामा समेत यसका थप कार्यालयहरू रहेका छन् । यिनले सुरक्षा मानक मापदण्ड, उत्पादनको गुणस्तर र योग्यता, व्यवस्थापन प्रणाली, उत्पादन प्रकृया लगायतको परीक्षण तथा प्रमाणिकरण प्रदान गर्छ ।

प्रतिकृया दिनुहोस्

चार्जिङ सेन्टर स्थापना

img

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको सुविधाको लागि नेपाल टेलिकमको सहयोगमा मोबाइल चार्ज ...

ओपोद्वारा एकै हप्ता चार नयाँबजार प्रवेश

img

स्मार्टफोन ओपोले तिब्रताका साथ आफ्नो बजार विस्तार गरिरहेको छ । गत हप्ता ...

इसेवा दशौं वर्षमा

img

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रा.लि.’ दशौँ वर्षमा प्रवेश ...

शैलुङको नादानघर डाँडामा जिएसएम टावर संचालन

img

दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर १ स्थित ताम्चेत दुधपोखरीको शिर नादानघर डाँडामा ...

ओपो एफनाइन जेड ग्रिन एडिसन सार्वजनिक

img

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले वैश्विक स्तरमै निकै लोकप्रियता कमाएको स्मार्टफोन ओपो ...

ओपो एफनाइन जेड सार्वजनिक हुदै

img

ओपोले विभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका विभिन्न मोडलमा आधारित ...

पत्रपत्रिका

सबै