उदाउँदै अर्चलेका रेशमी आमा समूह

| तेह्रथुम

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर-५ साविक छातेढुङ्गा-८ अर्चलेका महिलाहरू संगठित भई उदाएका छन् । गाउँको विकासमा एकजुट भई लाग्ने लक्ष्यका साथ अर्चलेका महिलाहरू संगठित भएका हुन् । यही वर्षको सुरुवाती महिनामा सो गाउँका शारदा थिङ तामाङको अध्यक्षतामा १३ जनाको समूह गठन गरिएको छ ।

समूहको उपाध्यक्षमा दिलमाया लामा, कोषाध्यक्षमा सुनमाया थिङ तामाङ, सचिवमा कमला थिङ तामाङ, सहसचिवमा कल्पना थिङ तामाङ रहेका छन् । समूहमा आवद्ध भएसँगै उनीहरुले महिनामा ५० रुपैयाँ कोषमा जम्मा गर्दै आएका छन् । समूहले महिनामा जम्मा गरेको रकम समूहमै एकापसमा ऋण लगानी गर्दै बढाइरहेका छन् । १३ जनाले जम्मा गरेको पैसा अहिले पाँच हजार रुपैयाँ पुगेको छ ।

समूहमा आवद्ध भएसँगै यी महिलाहरुमा परिवर्तन आएको छ । महिनामा थोरै रकम भएपनि बचत गर्ने बानीको विकास भएको छ । घरको चुलो चौकोमा दैनिकी बित्ने उनीहरू समूहमा भेला भई गाउँको विकासको विषयमा चर्चा परिचर्चा गर्न थालेका छन् । आफ्नो गाउँ टोलमा सुधारका पाटाहरुको खोजी गर्न थालेका छन् ।

गाउँगाउँमा सिंहदरबार हैन सिंह मात्र भित्र्याइएको

आजभोलि उनीहरुमा आफ्नो गाउँका जनप्रतिनिधिप्रति आक्रोश छाएको छ । स्थानीय तहको निर्वाचन भएको लगभग १८ महिना वित्न लाग्यो । गाउँको विकास जिउँका तिउँ छ । स्थानीय तहको चुनावको बेला जनप्रतिनिधिले राखेका प्रतिवद्धताहरू एउटा पनि पुरा नगरेको उनीहरुको भनाइ छ । चुनावका बेला घरघरमा पानीको धारा खसाउने भन्ने गरेको तर निर्वाचनपछिको यतिका समयमा पनि केही पहल नचालिएको बताउँछन् ।

एउटा गाउँमा एउटा डाक्टर कार्यक्रम ल्याउने, सडक कृषि, पर्यटन सिँचाइ, शिक्षा स्वास्थ्य खानेपानी उद्योग सरसफाइलाई, शान्ति अनि समावेशी हाम्रो मूल मर्म भनी गीत घन्काउँदै गाउँ घरमा डुलेका जनप्रतिनिधिले अहिले वास्तै नगरेकोप्रति चिन्ता रहेको समूहकी कोषाध्यक्ष सुनमाया थिङ तामाङले बताइन् ।

गाउँमा खानेपानीको चरम अभाव रहेको भन्दै यसप्रति जनप्रतिनिधिको चासो नभएको उनीहरुको भनाइ छ । गाउँगाउँमा सिंहदरबार हैन सिंह मात्र भित्र्याइएको भन्दै उनीहरू दुखेसो पोख्छन् ।

गाउँमा सामान्य विरामी पर्दा नजिकै स्वास्थ्य संस्था नहुँदा निराशा छन्, उनीहरू । हर्षोल्लास, आशा र भरोसाका साथ चुनावमा जनप्रतिनिधिलाई जिताइएको सम्झदै अहिले गाउँको विकास नगर्दा उनीहरूप्रति आक्रोषित छन् ।

गाउँमा पानीको चरम अभाव, स्वास्थ्य लगायतमा बढीजसो महिला नै प्रभावित हुने गरेका छन् । यसप्रति महिलाहरु नै संगठित भएर पहल कदमीको लागि एकजुट हुन सके गाउँमा परिवर्तन आउने रेशमी आमा समूहका महिलाहरुको बुझाइ छ ।

प्रतिकृया दिनुहोस्

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

रंगीनमय बन्दै गाउँ

img

भूकम्पपछि पुननिर्माणका अधिकांश घरमा जस्तापाता हालेपछि ग्रामीण भेग रङ्गिएका छन् ।  झट्ट हेर्दा ...

पत्रपत्रिका

सबै