कुदापमा तामाङ परिकार

तामाङ परिकारको स्वाद चाख्न अब गाउँबस्तीमा धाउनु पर्दैन । किनकि स्वयम्भु बिजेश्वरीस्थित कुदाप रेष्टुरेन्टमा तामाङ स्वादका परिकार पाइन्छ ।
गायक तथा संगीतकार फूलकुमार बमजन, डिबि तामाङ र मंगल थोकरको संयुक्त लगानीमा सो रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् ।
भाषाविद् अमृत योञ्जन तामाङले आइतबार औपचारिक उद्घाटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियसम्म हाम्रो परिकार चिनाउनुपर्ने बताए ।
कुदापमा कोदोको ढिंडो, फापरको रोटी, गहतको दाल, सिलामको अचार, गुन्द्रुक र भटमास साँदेको चट्नी र आइरक पाइन्छ ।
लोप हुँदै गएको तामाङ खानाको जगेर्ना गर्न कुदाप रेस्टुरेन्टको शुरु गरिएको हो’ संचालक बमजनले बताए । अहिले तत्काल सबै परिकार पूरा गर्न नसकेपनि बिस्तारै सबै पूरा गर्ने योजना रहेको उनले बताए । यहाँ विशुद्ध अर्गानिक खानेकुरा पाइने समेत जानकारी दिए ।