शैलुङको नादानघर डाँडामा जिएसएम टावर संचालन

| दोलखा

दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर १ स्थित ताम्चेत दुधपोखरीको शिर नादानघर डाँडामा जिएसएमको मोवाईल टावर संचालन भएको छ ।

नेपाल टेलिकमको पहल तथा शैलुङ गाउँपालिकाको सहकार्यमा नदानघर डाँडामा ३ वर्षमा निर्माण सम्पन्न भएको हो । टावर निर्माण सम्पन्न गर्न स्थानीय लालकाजी मोक्तानको ठेक्कामा ३ महिनाको अवधिमा सम्पन्न भई पौष २० देखि सुचारु भएका हुन् ।

जिएसएमका मोवाईल टावरले जिल्लाको शैलुङ गाउँपालिकाको शैलुङगेश्वर, ताम्चेत दुधपोखरी, भुसाफेदा, रामेछापको गौश्वरा, छ्यार्पा, दर्खा, सिन्धुपाल्चोकको लिसंखुपाखरस्थित खानीधादिङ, ब्यार्सा र काभ्रेको नाङ्ग्रे, गगर्चेलाई टुजी र थ्रीजी (2G & 3G)  सहज भएको नेपाल टेलिकम जिल्ला शाखा दोलखाका प्रमुख श्याममणि अर्यालले जानकारी दिए ।

हाल दोलखामा जिएसएम, सिडिएमए र वाइम्याक्स गरी ३७ वटा टावरहरू सञ्चालनमा आएका  छन् । जिल्लाको ७४ वटा वडामै नेपाल टेलिकमको सेवा पुगिसकेको छ ।

टावर निर्माण सम्पन्न भएपनि सुरक्षाको लागि वरिपरि तारजालीले बार्ने काम भने बाँकिरहेको लालकाजी मोक्तानले बताए ।

प्रतिकृया दिनुहोस्

नेपालको मिनी स्याटलाइट अन्तरिक्षमा पठायो

img

नेपालको भू–उपग्रह पहिलो पटक अन्तरिक्षमा बिहीबार पठाएको छ । नेपालीस्याट–१ नाम दिएको ...

एफ ११ प्रोमा राईजिङ क्यामेरा

img

ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन, एफ११ ...

कलर ओएस ६ सार्वजनिक

img

ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याटफर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको ...

 शुल्क भुक्तानी अब इसेवाबाटै, लाइनको बाध्यता हट्यो 

img

अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा ...

चार्जिङ सेन्टर स्थापना

img

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको सुविधाको लागि नेपाल टेलिकमको सहयोगमा मोबाइल चार्ज ...

ओपोद्वारा एकै हप्ता चार नयाँबजार प्रवेश

img

स्मार्टफोन ओपोले तिब्रताका साथ आफ्नो बजार विस्तार गरिरहेको छ । गत हप्ता ...

पत्रपत्रिका

सबै