प्रदेश ३ को नाम नेवाः ताम्सालिङ माग गर्दै प्रदर्शन (फोटोफिचर)

प्रदेश ३ को नाम नेवाः ताम्सालिङ माग गर्दै हेटौडामा नागरिक दबाब सभा सम्पन्न भएको छ । र्याली सहित सभा गर्दै प्रदर्शन सम्पन्न भएको छ । प्रदर्शन नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा सम्पन्न भएको थियो । प्रदेश सरकारले प्रदेशको नाम टुङ्गो लगाउन तयारी गरि रहेको बेला नामकरण भूगोलको आधारमा नभई पहिचानको आधारमा राख्न माग गर्दै प्रदर्शन गरिएको हो ।