लोप हुँदै पानीघट्ट

​​​​​​​एकादेशको कथा बन्ने

| रसुवा

आजभोलि समय परिवर्तनसँगै परम्परागत वस्तुको प्रयोगमा पनि परिवर्तन आएको छ । त्यसको उदाहरण हो, पानी घट्ट । अहिले गाउँघरमा पानीबाट चल्ने पानी घट्ट लोप हुने अवस्थामा पुगेको छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ मा रहेको त्रिशुली खोलाको पानीले चल्ने पानी घट्ट एक बेला पालो कुर्नेको लाइन हुन्थ्यो । घट्टमा पिनेको पिठोको खाना स्वादिलो, शक्तिदार हुने तर आजभोलि मिलको पिठोले त्यो स्वाद नै विलय भएकाे छ । 

आधुनिक शैलीको मिलले गर्दा घट्टको अवस्था लथालिङ्ग र लोप हुँदै गएको छ । प्रयोग पनि कम भएको पाइन्छ । 

उहिले यसैबाट जिविकोपार्जन भएको पनि थिए । कति स्थान, जहाँ बत्ती पुगेको छैन, त्यहाँ भने जिवितै छन् । 

परिवर्तित समयले मानिसलाई अल्छी बनाएसँगै आधुनिकतर्फ आकर्षित भएको छ । यसले गर्दा परम्परागत पानी घट्ट लोप हुँदै गएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । उनी सम्झन्छन्– घट्टमा पिनेको मकै, गहुँ, फापर, कोदोले बनेका खानेकुरा एकदम मिठो र स्वादिलो हुन्छन् । ल्होछार, तिहार जस्ता बेला पालो नै नपाउने गरेको पनि उनले बताए । आजकल मिल आएपछि कम मात्रै पानी घट्ट पुग्ने उनले बताए ।

यसरी परम्परागत रीतिरिवाजसँग जोडिएको वस्तुहरुको प्रयोग लोप हुँदै जाने हो भने भावीका पुस्तालाई एक देशको कथा बन्ने समाजसेवीहरू बताउँछन् ।

प्रतिकृया दिनुहोस्

महिला भल्मन्सालाई चूनौति र अवसर

img

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो ...

चौथो वर्षमा हामी

img

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ...

गरे के हुदैन ? घलेलाई विदेश यही

img

अत्याधिक पर्यटकको आगमनसँगै धुञ्चेमा होटल व्यवसायहरू फस्टाएका छन् । हिजोआज सामान्य होटल ...

आठराईका पशुपालकलाई आम्दानीको नयाँ बाटो

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर–४ इवामा गत माघ ५ गतेदेखि डेरी उद्योग ...

एभरेष्टको ‘३६० डिग्री भ्यू’

img

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा वर्षेनी हजारौं पर्यटकहरू आउने गर्दछन् । यसमध्येमा ...

हावाबाट विजुली, हर्षित छन् सप्तमीबासी

img

खुसी छन् स्थानीय । हावाबाट सधैं दुःख खेप्नुपर्थ्यो । त्यही हावाबाट विजुली ...

पत्रपत्रिका

सबै