१० औं फाल्गुनन्द गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

| पाँचथर

पाँचथरको फिदिममा जारी १० औं रुष्लान फाल्गुनन्द गोल्डकप अन्तर्गत बिभागीय टोलि त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको खेलमैदानमा शनिबार भएको अन्तिम सेमीफाइनल खेलमा भारतको रोयल फुटवल क्लव दार्जिलिङलाई २–१ अन्तरले पराजित गर्दै आर्मीले फाइनल खेलमा स्थान पक्का गरेको हो । आर्मीले अब उपाधि भिडन्तका लागि झापा–११ सँग भिड्नुपर्नेछ ।

खेलको १६ औं मिनेटमा राजेश पौडेलको गोलबाट आमीले अग्रता बनाएको थियो । खेलको २१ औं मिनेटमा रोयल क्लबका सिद्धान्त क्षेत्रीले बराबरी गोल फर्काएका थिए । पहिलो हाफ १–१ को बराबरीमा सकिएका थिए । खेलको अन्तिम मिनेटमा आर्मीका एरिक विष्टले गोल गर्दै आफ्नो टिमलाई जीत दिलाए । निर्धारित समयको अन्तिम मिनेटमा सम्हालिन नसक्दा पाहुना टोलि दार्जिलिङको फाइनल पुग्ने सपना अधुरो बन्न पुग्यो ।

खेलको म्यान अफ् दि म्याच आर्मीका एरिक विष्ट बने । उनले नगद दश हजार रुपैंयाँ प्राप्त गरे । आर्मीका प्रशिक्षक गंगाराम देउजाले खेलाडिहरुको कडा मिहेनतले मात्र जीत हात पारेको प्रतिक्रिया दिएका थिए । दार्जिलिङका प्रशिक्षक सचिन्द्र धिमालले भने रेफ्रिको निर्णयप्रति असन्तुष्ति जनाए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा रेफ्रि श्रवण लामाले आर्मीका तीन र दार्जिलिङका दुई जना खेलाडिलाई पहेंलो कार्ड देखाएका थिए । अब फाइनलका लागि आर्मीले सोमबार झापा–११ सँग खेल्नेछ । झापाले सरस्वती क्लवलाई पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ ।

प्रतिकृया दिनुहोस्

दुप्चेश्वर कप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता सुरु 

img

दुप्चेश्वर गाउँपालिकाको आयोजना र सोसियल सर्भिस युथ  कल्व समुन्द्रटारको सह–आयोजनामा बुधबारबाट दोस्रो ...

मुख्यमन्त्री कपः सुदुरपश्चिम बने च्याम्पियन

img

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा सुदुरपश्चिम प्रदेश च्याम्पियन भएको छ । ...

प्रदेश एकका जुडो खेलाडी छनोट

img

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट ८ पुरुष र १० महिला ...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

img

दोलखामा गाउँपालिका माध्यामिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ ...

अवार्डमा पछि परे पारस खड्का

img

वर्ष क्रिकेटरको अवार्डमा कप्तान पारसलाई क्रिकेटर सन्दीप लामिछानेले उछिनेका छन् । क्रिकेट खेलाडी ...

एन्फाको नयाँ लोगो

img

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ लोगो र राष्ट्रिय टिमले प्रयोग ...

पत्रपत्रिका

सबै