कुम्मायकमा डिप बोरिङका लागि थप अनुदान

| पाँचथर

पाँचथरको सुख्खा क्षेत्र कुम्मायक गाउँपालिकामा डिपबोरिङका लागि प्रदेश १ सरकारले अनुदान थप गरेको छ ।

खानेपानीको चरम समस्या भोगिरहेका नागरिकलाई खानेपानी समस्या समाधानको विकल्प रोजिएको डिपबोरिङ खानेपानी योजनाका लागि फेरी ६० लाख रुपैयाँ अनुदान थप गर्ने भएको हो । उक्त रकमबाट अब गाउँपालिकाका वडा नम्बर १,४ र ५ का टोल टोलमा खानेपानीको व्यवस्थापन गर्न लागिएको डिपबोरिङ खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

प्रदेश १ को सरकारद्धारा यसअघि पनि एक करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएका थिए । सोही अनुसार उपभोक्ता समिति मार्फत पाथीभरा डीप बोेरिङ एण्ड कन्ट्रक्सन प्रा.ली.सुनसरीले गत मंसिर २९ गतेबाट पानी निकाल्न गरिएको परिक्षण पनि ४ दिनमा सफल भएका थिए । परिक्षणपछि स्थानीयले उपभोग पनि गर्दै आएका छन् । डिप बोरिङबाट निकालिएको पानी एक सेकेण्डमा ५ लिटर निस्कने निर्माण कम्पनिले जनाएको छ ।

डिपबोरिङ प्रविधिबाट पाँचथरको कुम्मायक गाउँपालिकाको काफलपानी, उत्तीसे मानाकेङ्वा,फाल्गुनन्दको सुर्केनागी,फिदिम नगरपालिकाको फेमेसुवा,जरुगोलाइ भन्ने ठाउँमा पानी निकाल्न सम्भाव्यता अध्ययन परिक्षण सफल भएको छ । परिक्षण पछि डिपबोरिङको काम धमाधम भइरहेको छ । खानेपानी व्यवस्थापनका लागि कुम्मायक गाउँपालिका पनि हर समय लागि परेको गाउँपालिका अध्यक्ष जय चेम्जोङ बताउँछन् ।

लामो समयदेखि निर्माणाधिन अवस्थामा रहेको तमोर लिफ्टीङ खानेपानी परियोजना र कुम्मायक गाउँपालिका समेतले डिपबोरिङ खानेपानी उपभोक्ता समितिसँग सहकार्य गर्दै काम तिब्रगतिमा अघि बढाउने निर्णय गरिएको समितिका अध्यक्ष अमरसिं थापाले बताए । खानेपानीको सुविधा भएपछि सुख्खा क्षेत्रबाट बसाइसरी जानेको संख्यामा कमी आउने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

झापाको हडियामा एक बृद्धको शव भेटियो

झापाको बुद्धशान्ति गाउँपालिकास्थित हडिया खोलामा डुबेको अवस्थामा एक बृद्धको शव फेला परेको छ । बुद्धशान्ति गाउँपालिका–१ मा रहेको हडिया खोलाको गणेश पैनीमा सोही स्थानका ६१ वर्षीय लालबहादुर लिम्बूको शव फेला ...

पूर्व आयुक्त पाठकलाई ११ वर्ष र घुस दिने न्यौपानेलाई ८ वर्ष कैद माग

img

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआयुक्त राजनारायण पाठक र घुस खुवाउने नेपाल इञ्जिनियरिङ ...

आगलागी पीडितले पाए आर्थिक सहयोग

img

रामेछाप ओख्रेनीका आगलागी पीडित शंखमान मगरका परिवारले प्रवासबाट आर्थिक सहयोग पाएको छ । ...

मौसम विभाग : ३ दिनसम्म पानी पर्ने

img

मुलुकभरको मौसम ३ दिनसम्म बदली भई बर्षा हुने सम्भावना छ । मौसम ...

कालीकोटमा विस्फोट, एक पक्राउ

img

प्रहरी भ्यानलाई लक्षित गरी कालीकोटमा विष्फोटनको प्रयास भएको छ । खाँडाचक्र नगरपालिका–५ ...

आयुक्तमा थपलिया

img

निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । संवैधानिक परिषदको ...

पत्रपत्रिका

सबै