पृथ्वीनारायण शाहको योगदानलाई नेपालीले बिर्सन नहुने – डा. लोहनी

| काठमाडाैं

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले २९७ औं पृथ्वी जयन्ती चियापान तथा शुभकामना-आदानप्रदान गरी मनाएका छन् ।

कार्यक्रममा पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालका राजनीतिक दलहरुलाई सपूत बन्न सुझाव दिएका छन् ।उनले सरकारले कपूत शैली अपनाइरहेको आरोप पनि लगाए ।

कार्यक्रममा विश्व मानचित्रमा नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा स्थापित गराउने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीले बिर्सन नहुने पनि उनले बताए ।

उनले भने, ‘पृथ्वीनारायणले बाइसे चौबिसे राज्यमा छरिएको भूगोललाई एकीकरणको परिकल्पना गरी आधुनिक नेपाल निर्माण गरेको स्मरण गर्नु आवश्यक छ । नेपालको यस्तो इतिहास बिर्सेर कहिले पनि र कोहीपनि महान बन्न सक्दैनन् ।’ 

जयन्ती कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपा प्रजातान्त्रिक का अध्यक्ष पशुपतिशम्शेर जवरा, नेकपा माले का महासचिव सिपी मैनाली, पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल, संविधानविद भीमार्जुन आचार्य, साहित्यकार, कलाकारसहित सयौँ कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्

विप्लवको नेकपाले शनिबार नेपाल बन्द गर्ने घोषणा

img

विप्लव नेतृत्वको नेकपाले शनिबार नेपाल बन्दको घोषणा गरेको छ । सरकारले लगाएको ...

प्रहरीले अछाममा विप्लवका नेता र कार्यकर्तामाथि गोली चलायो

img

अछाममा प्रहरीले विप्लवका नेता तथा कार्यकर्तामाथि गोली चलाएको छ । पक्राउ गर्ने ...

विप्लव नेतृत्वको नेता, कार्याकर्ताहरु धमाधम पक्राउ

विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले देशका विभिन्न ठाउँहरुबाट धमाधम पक्राउ गरिरहेको छ । पक्राउ पर्नेहरुमा पार्टी र विभिन्न भातृ संगठनका नेता कार्यकर्ताहरु रहेको प्रहरीले जनाएको छ ।  यही क्रममा ...

विप्लवका तमुवान संयोजक र म्याग्दी जिल्ला जनसरकार प्रमुख पक्राउ

img

विप्लव नेतृत्वको नेकपा तमुवान संयोजक किसान सिंह तमु गुरुङ पक्राउ परेका छन् ...

देउवा निर्विकल्प : साउद

img

सत्ता बाहिर रहेका नेपाली कांग्रेसका नेता एनपी साउँदले पार्टी नेतृत्वका लागि सभापति ...

एकता बढाउने अभियानमा डा. कोइराला

img

नेपाली कांग्रेस पार्टीभित्र भावनात्मक एकता बढाउने अभियानमा लागि परेको महामन्त्री डा. शशांक ...

पत्रपत्रिका

सबै