ककनी र शिवपुरीमा रेडक्रसको तदर्थ समिति गठन

| ​​​​​​​नुवाकोट

नेपाल रेडक्रस सोसाइटीको संघियतासँगै संसोधन भएको विधान अनुसार एउटा स्थानीय तह एउटा उपशाखा गठन गर्ने निर्देशन अनुसार नुवाकोटमा उपशाखाहरुको तदर्थ समितिहरू गठन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला समिति नुवाकोटका अनुसार ककनी र शिवपुरी गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी उपशाखाको तदर्थ समिति गठन भएको हो । ककनी उपशाखा तदर्थ समितिको संयोजकमा सुरेन्द्र लामा चयन भएका छन् । उपशाखाको सदस्यहरुमा श्याम थपलिया, श्रीहरी ढकाल, बासु घिमिरे, ललित लामा, गौतमराज लामा, रामचन्द्र श्रेष्ठ, बद्रि भट्ट, महिला सदस्य अनिता कोइराला अधिकारिरहेका छन् ।

यसैगरी शिवपुरी उपशाखा तदर्थ समितिको संयोजकमा महाकालीका भिमसेन खड्का चयन भएका छन् ।

उपशाखाको सदस्यहरुमा हरी सिटौला, केशव रिजाल, हरी दुलाल, श्याम बस्नेत, हरी प्रसाद थपलिया, नवराज गोतामे, भाइराम पोख्रेल र महिला सदस्यमा तेज कुमारी भण्डारी (ललिता) रहेका छन् ।

प्रतिकृया दिनुहोस्

एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न

img

प्रथम एपिक नेपाल म्युजिक अवार्ड राजधानीमा माघ ४ गते सम्पन्न भएको छ ...

धार्मिक तथा पर्यटकीय स्थल मुलघाट सरसफाई

img

धनकुटाको पर्यटकीय तथा धार्मिक स्थल तमोरनदीस्थित मुलघाटमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ...

सिरुची युवा क्लबद्वारा जनचेतनामूलक कार्यक्रम

img

सर्लाहीको जिरायतमा सिरुची युवा क्लबद्वारा आदिवासी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। क्लबले ...

सिराहामा गोली चल्यो : हतियारसहित एक पक्राउ

img

सिराहाको सिमावर्ती सुखचैनामा गोली प्रहार गरी एक जनालाई पक्राउ गरेको छ । सिराहा ...

नागरिकता बनाउन दुई दिनको घुम्ती सेवा आउँदै

img

स्थानीय सर्वसाधारणलाई लक्षित गर्दै नेपाली नागरिकता वितरण र अन्य सेवा प्रवाहको लागि ...

शैलुङ गाउँपालिकाद्वारा पत्रकार महासंघलाई सहयोग

img

शैलुङ गाउँपालिकाद्वारा नेपाल पत्रकार महासंघ दोलखा निर्माणाधीन भवनलाई आर्थिक सहयोग गरेको छ ...

पत्रपत्रिका

सबै