अल्पकालीन आधारभूत तालिम समापन

| काठमाडाैं

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक अल्पकालीन आधारभूत तालिम सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच सो तालिमको समापन गरियो । सोही अवसरमा तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक मदन अधिकारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा तालिमबाट प्राप्त ज्ञान, सीप, कला र कौशललाई कार्यक्षेत्रमा गएपछि इमान्दारिताकासाथ लागू गरी उत्कृष्ट कार्य सम्पादनमा कृयाशील रहन निर्देशन दिए । उनले संगठन आजको यस स्थानसम्म आइपुग्नुमा अग्रजको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध रहनु सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको प्रमुख दायित्व र जिम्मेवारी भएको बताए ।

उनले सशस्त्र प्रहरी कर्मचारीहरू राष्ट्र र नागरिकले सोचेको र खोजेको जस्तो सुरक्षा सेवा प्रवाहमा कृयाशील रहनुपर्ने चर्चा गरे । आफूले सिकेको ज्ञान र सिप आफू मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउदै कार्यक्षेत्रमा पूर्ण व्यावसायिकताकासाथ नतिजामुखी कार्यसम्पादन गर्न क्रियाशील रहनुपर्ने बताए ।

कार्यक्रमा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा गएपछि तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई उपयोग गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरे ।

सीमित स्रोतसाधनका बावजुद तालिमलाई समयानुकुल र बैज्ञानिक ढंगले संचालन गरिएको उल्लेख गर्नुहुँदै विविध विषयका विज्ञ प्रशिक्षकहरुद्वारा समेत प्रशिक्षण प्रदान गरिएको उनले बताए ।

पाँच महिना अवधिको उक्त तालिममा ड्रिल, मानवअधिकार, नक्सा अध्ययन, खबर संकलन, हुल तथा दंगा व्यवस्थापन, विपद व्यवस्थापन, सीमा सुरक्षा, औद्योगिक सुरक्षा, सुरक्षा योजना तथा कारवाही, हतियार ह्याण्डलिङ लगायतका विषयहरुमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिइएको कुरा सो अवसरमा जानकारी गराइएको थियो ।

उक्त तालिममा ५७ जना सशस्त्र प्रहरी निरीक्षकहरू प्रशिक्षार्थीको रुपमा सहभागिरहेका थिए ।

प्रतिकृया दिनुहोस्

एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न

img

प्रथम एपिक नेपाल म्युजिक अवार्ड राजधानीमा माघ ४ गते सम्पन्न भएको छ ...

धार्मिक तथा पर्यटकीय स्थल मुलघाट सरसफाई

img

धनकुटाको पर्यटकीय तथा धार्मिक स्थल तमोरनदीस्थित मुलघाटमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ...

सिरुची युवा क्लबद्वारा जनचेतनामूलक कार्यक्रम

img

सर्लाहीको जिरायतमा सिरुची युवा क्लबद्वारा आदिवासी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। क्लबले ...

सिराहामा गोली चल्यो : हतियारसहित एक पक्राउ

img

सिराहाको सिमावर्ती सुखचैनामा गोली प्रहार गरी एक जनालाई पक्राउ गरेको छ । सिराहा ...

नागरिकता बनाउन दुई दिनको घुम्ती सेवा आउँदै

img

स्थानीय सर्वसाधारणलाई लक्षित गर्दै नेपाली नागरिकता वितरण र अन्य सेवा प्रवाहको लागि ...

शैलुङ गाउँपालिकाद्वारा पत्रकार महासंघलाई सहयोग

img

शैलुङ गाउँपालिकाद्वारा नेपाल पत्रकार महासंघ दोलखा निर्माणाधीन भवनलाई आर्थिक सहयोग गरेको छ ...

पत्रपत्रिका

सबै