नेपाल एयरलाइन्समा एक्लै उड्दा ...

| काठमाडाैं

अकस्मात् पोखरा जानु पर्ने भयो । फ्लाइटमा जानुको विकल्प्प थिएन् । महँगो भए पनि टिकट किन्नु थियो, पाए सस्तो छाँठड्ने थिइन् । काठमाडौं – पोखरा उड्ने सबैभन्दा महँगो टिकट दर पाँच हजार ४ सय छ । त्यनि नै तिर्छुभन्दा पनि निजी कम्पनीका विमानको टिकट पाउन सकिनँ ।

सरकारी ध्वजावाहक नेपली वायु सेवाको टिकट कता पाइन्छ, थाहा थिएन् । अधिकांश ट्रार्भल एजेन्सीले निगमको आन्तरिक उडानको टिकट नपाइने, उडानको भर नहमुने कुरा सुनिन्थ्यो । तर, अरु एयरलान्सको टिकट नपाएपछि त्यतै ध्यान सोझियो ।

निगमको फोन लगाएँ । मेरा आर्थिक हैसियतबमोजिम नै सस्तो टिकट पाएँ । पाँच हजार भए पनि तिरौँला भनेको मान्छेलाई टिकट पाउनु नै ठुलो कुरा थियो । झन २ हजार रुपैयाँमा नै पाएपछि के चाहियो ? 

निजी कम्पनीले दैनिक दर्जनभन्दा बढी उडान भर्ने पोखरामा निगमको उडान भर्ने पोखरामा निगमको उडान मुस्कलले एउटा हुन्छ । बिहान ८ बजे उडान थियो । बिहान ७ बजे नै विमानस्थल पुगेँ । टर्मिनलमा भवनमा छिर्ने बित्तिकै नगमप्रति दया लागेर आयो ।

निजी विमानको बोर्डिङ काउन्टरमा यात्रुले भरिभराउ थिए, कर्मचारी अत्यन्त व्यस्त थिए । निगमको बोर्डिङ काउन्टरमा न कर्मचारी थिए न यात्रु नै । केहीबेरमा एक जना कर्मचारी आए मलाई बोर्डिङ पास दिए ।
धेरै समयपछि विमान पोखरा उडान भर्न तयार थियो । मभित्र पसेँ । 

परिचारिका मात्रै थिइन् पाइलटले जहाज स्टार्ट गरेपछि छर्लँग भयो, यात्रु त मै मात्र रहेछु । १७ जना यात्रु बोक्ने जहाजले जम्मा २ हजार रुपैयाँ व्यापार ग¥यो । यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिकृया दिनुहोस्

पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा

img

विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम ...

इन्टरनेटको मूल्य बढ्ने 

img

इन्टरनेट सेवा प्रदायकले प्रयोग गरिरहेको नेपाल विद्युत प्राधिकरणको पोल र फाइबरको भाडादर ...

उपसचिवले वृद्धा कुटे 

img

भौतिक तथा विकास मन्त्रालयका उपसचिव रुद्रप्रसाद लामिछानेमाथि आफ्नै छिमेकी कुटेको आरोप लागेको ...

उपराष्ट्रपतिद्वारा उद्घाटन, महानगरद्वारा बहिष्कार

img

मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका ...

विदेशमा लुकाइएको शंकास्पद धनको खुलासा हुँदै

img

नेपालबाट शंकास्पद अकुत सम्पत्ति विदेशी बैंकमा लगेर राखेको खुलासा एक अन्तर्राष्ट्रिय खोज ...

६ लाखमा युवती बेच्ने मुख्य नाइके पक्राउ

img

भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा ...

पत्रपत्रिका

सबै