१० औं रुष्लान फाल्गुनन्द गोल्डकपः झापा–११ फाइनलमा प्रवेश

| पाँचथर

पाँचरथमा जारी १० औं रुष्लान फाल्गुनन्द गोल्डकप अन्तर्गत झापा –११ फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सरस्वती युथ क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै झापा–११ फाइलनमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा सरस्वतीलाई पराजित गर्दै झापा –११ प्रतियोगिताको उपाधि नजिक पुगेको छ । खेलको ५३ औं मिनेटमा कर्ण लिम्बूले गरेको गोल नै झापाका लागि निर्णायक गोल बन्यो । देबेन्द्र तामाङको लामो फ्रि–किकमा कर्णले हेड मार्फत सुन्दर गोल गरेका थिए । १–० ले पछि परेपछि सरस्वतीले झापालाई दबाबमा राखे पनि गोल गर्न नसकेपछि हार बेहोर्नु प¥यो ।

सरस्वतीका लागि गोल गर्न फ्रेन्सिसले सुनौलो अवसर पाएका थिए तर अवसरलाई सदुपयोग गर्न सकेनन् । मनिष थापाको शसक्त प्रहार गोलकिपर मनोज प्रधानले मुस्किलले बचाए । मनिषलेनै गरेको अर्को कडा प्रहार गोलपोस्टबाट थोरै बाहिरिएका थिए । खेलको अन्त्यतिर दर्शकका लागि निक्कै रोमान्चक खेल भएका थिए । सरस्वतीको टिमले गोल गर्न खेलको अन्त्यसम्म निक्कै संघर्ष गरेपनि हार नै बेहोर्नु प¥यो ।

झापाका देबेन्द्र तामाङको सुन्दर फ्रि–किकलाई सरस्वतीका गोलकिपर प्रदीप भण्डारीले सहजै बचाउन सफल भएका थिए । खेलमा झापाका दुई र सरस्वतीका तीन खेलाडिले पहेंलो कार्ड पाएका थिए । खेलको म्यान अफ् दि म्याच झापाका दिलन लोक्ताम बने । उनले नगद दश हजार रुपैंयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत अन्तिम सेमीफाइनल खेल शनिबार दिउँसो दुई बजे बिभागीय टोलि त्रिभुवन आर्मी क्लव र भारतको रोयल फुटवल क्लव दार्जिलिङबीच हुने आयोजकले जनाएको छ । पौष २१ देखि सुरु भएको प्रतियोगिता पौष ३० सम्म सन्चालन हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

ललितपुर खेलाडी तथा प्रशिक्षक संघमा शाक्य

img

ललितपुर जिल्ला खेलाडी तथा प्रशिक्षक संघको अध्यक्षमा विनोद शाक्य गुभाजु शुक्रबार चयन ...

ज्ञान निकेतनको विजयी सुरुआत सुरुव

img

आयोजक ज्ञान निकेतनले १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगितामा ...

तेक्वान्दो मास्टर गुरुङले गरे खेल सामग्री सहयोग

img

हङकङमा रहेका तेक्वान्दो मास्टर गणेश गुरुङले नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ...

कराँते टोली बंगलादेश जाने

img

आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली गोजुरियो ...

महेश्वर नगदसहित सम्मानित

img

काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघले विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता ...

दशौं रुष्लान फाल्गुनन्द गोल्डकपको उपाधि झापा–११ लाई

img

पाँचथरको फिदिममा सम्पन्न दशौं रुष्लान फाल्गुनन्द गोल्डकपको उपाधि झापा–११ उचालेको छ । सोमबार ...

पत्रपत्रिका

सबै