प्रदेश सरकार पत्रकार मैत्री हुने : मुख्यमन्त्री राई

| धनकुटा

सञ्चारमाध्यम तथा सञ्चारकर्मीले प्रेस काउन्सिलले बनाएका कानूनलाई पालना गर्नुपर्ने र  पत्रकारलाई जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

श्रमजीवी पत्रकारको अवस्था र पत्रकार आचारसंहिता विषयक प्रदेश स्तरीय कार्यक्रममा शुक्रबार प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सो कुरा बताएका हुन् । रार्इले प्रदेश सरकार श्रमजीवी पत्रकारमैत्री हुनेमा दावी गरे।उनले भने-श्रमजीवी सञ्चारमाध्यमलाई सम्बोधन गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने बताए । कतिपय मिडियाले नकारात्मकताको खोजी गर्ने तर सकारात्मक पक्षको उगाजर गर्नेमा कम मात्र चासो लिने गरेकोमा उनले गुनासो गरे । मिडियाको दुरुपयोग गरेर समाजलाई प्रदूषित गर्ने काम भइरहेको हुँदा त्यस्ता कार्यप्रति जिम्मेवार पक्षको गम्भीर ध्यान जानुपर्नेमा जोड दिए ।

प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझाले पहिलाको नियमबाट अबको पत्रकारिता चल्न नसक्ने बताए  । कार्यक्रमको उदेश्यमाथि प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईले प्रकाश पारेका थिए।

कार्यक्रममा प्रदेश संसद निरन राई, पत्रकार महासंघकाका पूर्व सभापति विजय सन्तोषी राई, केन्द्रय सदस्य उद्धव तिम्सिना, जिल्ला समन्वय समितिका अध्यक्ष टंक चौहान, उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे लगायतले श्रमजीवी पत्रकारहरुको अवस्था र पत्रकारहरुको आचारसंहिता विषय प्रदेशस्तरीय छलफल कार्यक्रम सफलताको कामना गरेका थिए ।

कार्यक्रममा प्रदेश संसद लिला सुब्वा, कुशुम श्रेष्ठ सुरक्षा निकायका प्रमुख पत्रकारसँग आवद्ध संघ संस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार महासंघका प्रदेश १ का जिल्ला अध्यक्ष लगायतको उपस्थिति रहेका थिए ।

प्रतिकृया दिनुहोस्

एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न

img

प्रथम एपिक नेपाल म्युजिक अवार्ड राजधानीमा माघ ४ गते सम्पन्न भएको छ ...

धार्मिक तथा पर्यटकीय स्थल मुलघाट सरसफाई

img

धनकुटाको पर्यटकीय तथा धार्मिक स्थल तमोरनदीस्थित मुलघाटमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ...

सिरुची युवा क्लबद्वारा जनचेतनामूलक कार्यक्रम

img

सर्लाहीको जिरायतमा सिरुची युवा क्लबद्वारा आदिवासी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। क्लबले ...

सिराहामा गोली चल्यो : हतियारसहित एक पक्राउ

img

सिराहाको सिमावर्ती सुखचैनामा गोली प्रहार गरी एक जनालाई पक्राउ गरेको छ । सिराहा ...

नागरिकता बनाउन दुई दिनको घुम्ती सेवा आउँदै

img

स्थानीय सर्वसाधारणलाई लक्षित गर्दै नेपाली नागरिकता वितरण र अन्य सेवा प्रवाहको लागि ...

शैलुङ गाउँपालिकाद्वारा पत्रकार महासंघलाई सहयोग

img

शैलुङ गाउँपालिकाद्वारा नेपाल पत्रकार महासंघ दोलखा निर्माणाधीन भवनलाई आर्थिक सहयोग गरेको छ ...

पत्रपत्रिका

सबै