ककनीको ब्रह्मायणीमा आइप्याड र इन्टरनेट हस्तान्तरण

| नुवाकोट

‘स्वतन्त्र सिकाइ’ भन्ने मुल नारा बोकेर हेलो वल्डले विश्वभर कम्प्युटर र इन्टरनेट सबैठाउँमा पुर्याउँदै छ । यसै सिलसिलामा नेपालमा पनि वितरण थालिएको छ । नेपालको प्रारम्भ एभरेस्ट लिंकसँग निशुल्क इन्टरनेटको सम्झौता गरेर सहकार्य प्रारम्भ भएको लिंकका निर्देशक चेहेन ग्लान लामाले बताए ।

यसै सिलसिलामा ककनी गाउँपालिका वडा नम्बर ७ मा रहेको ब्रह्मायणी आधारभूत विद्यालयमा शुक्रबार ८ थान आइप्याड र इन्टरनेट हस्तान्तरण गरिएको हो । बत्तीको समस्या कहिल्यै नहोस भनेर ६ थान सोलार प्यानल समेत हस्तान्तरण गरिएको छ । यसैगरी अडियो भिडियो सिकाइको लागि निर्देशक चेहेनले व्यक्तिगत ३२ इन्चको एलईडी टिभी पनि हस्तान्तरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करण रुम्बा तामाङको सभाध्यक्षतामा सम्पन्न विशेष हस्तान्तरण वल्डका प्रतिनिधिहरुले सेवासुबिधासहित जडान गरेर भएको हो । हेलोको तर्फबाट क्याट्रिन म्याकमिलनको नेतृत्वमा जोनी फेन, जेसन र ज्यारेड रहेका थिए भने एभरेस्ट लिंकको निर्देशक चेहेन लामा रहेका थिए ।

अतिथिहरू साविकनेपाल तरुण दल क्षेत्र नम्बर १ नुवाकोटका अध्यक्ष यदुमान लामा, साविक नेपाल तरुण दल चतुराले गाविस इकाईका अध्यक्ष राधाकृष्ण श्रेष्ठ, सोही विद्यालयका पूर्वअध्यक्ष एवं जग्गादाता कृष्णबहादुर तामाङ, प्रधानाध्यापक नवराज पाठक, रुम टु रिडका प्रतिनिधि फुर्वा घले लगायतले बालमैत्री वातावरणमा पनि प्रविधिमैत्री सिकाइ शिक्षाको लागि कोषेढुङ्गा हुने बताउदै यस्तो सहयोग संयोजन गर्ने एभरेस्टका अध्यक्ष लामालाई आभार व्यक्त गरेका थिए ।

शिक्षक वृष तामाङद्वारा सञ्चालित उक्त कार्यक्रममा विद्यार्थीहरू प्रकृति, प्रतिक्षा, बिलिसा, आयुष्मा र मुना तामाङले आ-आफ्नो नृत्य कला प्रस्तुत गरेका थिए ।

गत मंगलबार सोही गापाको वडा नम्बर ५मा रहेको जालपादेवी आधारभुत विद्यालयमा पनि हस्तान्तरण गरिएको थियो । त्यहाँ भने हस्तान्तरित सामग्रीको लागि डोम(घर) समेत निर्माण गरिएको थियो ।

विद्यार्थी मात्रै नभई सबै गाउँलेले पनि स्वतन्त्र सिक्न सकुन् भन्ने उद्देश्य रहेको चेहेन लामाले बताए ।

प्रतिकृया दिनुहोस्

झापाको हडियामा एक बृद्धको शव भेटियो

झापाको बुद्धशान्ति गाउँपालिकास्थित हडिया खोलामा डुबेको अवस्थामा एक बृद्धको शव फेला परेको छ । बुद्धशान्ति गाउँपालिका–१ मा रहेको हडिया खोलाको गणेश पैनीमा सोही स्थानका ६१ वर्षीय लालबहादुर लिम्बूको शव फेला ...

पूर्व आयुक्त पाठकलाई ११ वर्ष र घुस दिने न्यौपानेलाई ८ वर्ष कैद माग

img

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआयुक्त राजनारायण पाठक र घुस खुवाउने नेपाल इञ्जिनियरिङ ...

आगलागी पीडितले पाए आर्थिक सहयोग

img

रामेछाप ओख्रेनीका आगलागी पीडित शंखमान मगरका परिवारले प्रवासबाट आर्थिक सहयोग पाएको छ । ...

मौसम विभाग : ३ दिनसम्म पानी पर्ने

img

मुलुकभरको मौसम ३ दिनसम्म बदली भई बर्षा हुने सम्भावना छ । मौसम ...

कालीकोटमा विस्फोट, एक पक्राउ

img

प्रहरी भ्यानलाई लक्षित गरी कालीकोटमा विष्फोटनको प्रयास भएको छ । खाँडाचक्र नगरपालिका–५ ...

आयुक्तमा थपलिया

img

निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । संवैधानिक परिषदको ...

पत्रपत्रिका

सबै