सुख्खा बन्दरगाह माघ दोस्रो हप्तादेखि

| रसुवा

अन्तर्राष्ट्रिय नाकाले परिचित रसुवागढी नजिक टिमुरेमा बन्न लागेको सुख्खा बन्दरगाह निर्माण कार्य माघ दोस्रो हप्तादेखि सुरु हुने भएको छ ।

गोसाइकुण्ड गाउँपालिका वडा न २ टिमुरेमा बन्न लागेको बन्दरगाहका लागि जग्गा अधिग्रहण गरिसकेको छ । बन्दरगाहको परियोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि ठेकेदार छनौट भई माघ दोस्रो साताबाट काम सुरु गर्ने बताइएको छ ।

निर्माण कार्य सुरु भएको ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष राखि काम अगाडि बढ्नेछ । बन्दरगाहमा ५ हजार वर्गमीटरको पाँच तले प्रशासनिक भवन, ७ सय ५० वर्गमीटरको गोदाम, २ हजार ८० वर्गमीटरको दुई वटा जाँचपास स्थल रहनेछ ।

लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीयबासीको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १ सय ९ रोपनी गरी साढे ८ हेक्टर जग्गा अधिकरण गरिसकेको छ ।

बन्दरगाहको चिनियाँ पक्षले लगानी गरी निर्माणपश्चात नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्धिपक्षीय सम्झौता भएको छ ।

बन्दरगाह बनेपछि ५० देखि ६० मालवाहक गाडी पार्किङ गर्न सकिन्छ । ९ हजार हेक्टर जमिनमा बन्दरगाह बन्नेछ ।

प्रतिकृया दिनुहोस्

झापाको हडियामा एक बृद्धको शव भेटियो

झापाको बुद्धशान्ति गाउँपालिकास्थित हडिया खोलामा डुबेको अवस्थामा एक बृद्धको शव फेला परेको छ । बुद्धशान्ति गाउँपालिका–१ मा रहेको हडिया खोलाको गणेश पैनीमा सोही स्थानका ६१ वर्षीय लालबहादुर लिम्बूको शव फेला ...

पूर्व आयुक्त पाठकलाई ११ वर्ष र घुस दिने न्यौपानेलाई ८ वर्ष कैद माग

img

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआयुक्त राजनारायण पाठक र घुस खुवाउने नेपाल इञ्जिनियरिङ ...

आगलागी पीडितले पाए आर्थिक सहयोग

img

रामेछाप ओख्रेनीका आगलागी पीडित शंखमान मगरका परिवारले प्रवासबाट आर्थिक सहयोग पाएको छ । ...

मौसम विभाग : ३ दिनसम्म पानी पर्ने

img

मुलुकभरको मौसम ३ दिनसम्म बदली भई बर्षा हुने सम्भावना छ । मौसम ...

कालीकोटमा विस्फोट, एक पक्राउ

img

प्रहरी भ्यानलाई लक्षित गरी कालीकोटमा विष्फोटनको प्रयास भएको छ । खाँडाचक्र नगरपालिका–५ ...

आयुक्तमा थपलिया

img

निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । संवैधानिक परिषदको ...

पत्रपत्रिका

सबै