मलेसियामा सोनाम ल्होछार मनाउँदै

| मलेसिया

नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया,तामाङ समाज मलेसिया र तामाङ समाज क्षेत्रीय समिति पेनाङले सोनाम ल्होछार संयुक्तमा मनाइने भएको छ ।

ल्होछार २०१९ फेब्रुअरी ५ मा मलेसियाका राजधानी क्वालालम्पुरस्थित एरेना स्टार होटलमा मनाउन लागिएको हो ।

"हाम्रो भाषा,धर्म,संस्कृतिलाई जगेर्ना गरौ"भन्ने मुल नाराको साथ विगत १५ वर्षदेखि निरन्तर मलेसियामा कार्यरत तामाङहरु एकजुट भएर स्वदेशमा मात्रै नभै विदेशमा पनि हामी एक हौं भन्ने विश्व सामु एकताको संदेश छर्न संयुक्त रुपमा फाग ल्हो(सुंगर वर्ग) सोनाम ल्होछार मनाउन लागेको आयोजकले बताए ।

कार्यक्रमका लागि नेपालबाट गायक तथा संगीतकार संजीव वाईबा तामाङ,गायक सुरेश स्याङ्बो तामाङ,गायक तथा संगीतकार प्रयास दोङ,संगीतकार,रचनाकार तथा गायिका मिना थोकर तामाङ,तामाङ नायिका तथा मोडेल सुष्मा मोक्तान तामाङ गायिका सुजना रुम्बा तामाङ लगायतलाई आमन्त्रित गरिएको संघका अध्यक्ष फुर्वा मोक्तानले बताए ।

नेपालबाट आमन्त्रित कलाकारसँगै स्थानीय कलाकारको समेत बेजोड प्रस्तुति रहने ल्होछार कार्यक्रममा मलेसियामा रहेका गैर ल्होछार प्रेमीसँगै तामाङहरुलाई उपस्थित भइ भाषा,धर्म,संस्कृतिलाई जगेर्ना गर्नका निम्ति सहयोग गर्न आयोजकले अनुरोध गरे ।

प्रतिकृया दिनुहोस्

कोरियामा नेपाल आइडल आउँदै

img

नेपाल आइडल दोस्रो सिजनका बिजेताहरुको बेजोड प्रस्तुति फेब्रुअरी ५ गते कोरियामा हेर्न ...

रियादमा सोनाम ल्होछार मनाइयो

img

साउदीमा २८५५ औं सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जनवरी १८ ...

मृतकको परिवारलाई एनआरएनए साउदीद्वारा आर्थिक सहयोग

img

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दा साउदीले मृतकको परिवारलाई आर्थिक ...

विश्वकर्मा समाज साउदीको प्रथम वार्षिकोत्सब सम्पन्न

img

एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदीले प्रथम वार्षिकोत्सब सम्पन्न गरेको छ । समाजले ...

साउदीमा एक नेपालीले गेरे आत्महत्या

img

वैदेशिक रोजगारीका सिलसिलामा साउदी आएका एक नेपालीले आत्महत्या गरेको छ । जेद्धास्थित इनिसियल ...

जापानमा 'सेर्कु' प्रदर्शनको तयारी

img

तामाङ चलचित्र 'सेम ताबा म्ही' ले अमेरिकाको भएको "फेडरेशन अफ इन्डिजेनस पिपुल्स ...

पत्रपत्रिका

सबै