अवकाश प्राप्त ५२ प्रहरी अधिकृतको घरमा कार्यरत ८५ प्रहरी फिर्ता

| काठमाडाैं

अवकाश प्राप्त उच्च प्रहरी अधिकारीको घरमा अवैध रूपमा कार्यरत ८५ प्रहरी मुख्यालय तानिएका छन्  । प्रहरी प्रधान कार्यालयले पाँच पूर्वप्रहरी महानिरीक्षक (आइजिपी)सहित ५२ प्रहरीको घरबाट पिएसओका नाममा राखिएका सुरक्षाकर्मी फिर्ता गरेको हो । 

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० उल्लंघन गर्दै अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता बोलाएको प्रहरीले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

एउटै पूर्वएआइजीको घरमा चारजनासम्म सुरक्षाकर्मी

नियमविपरीत पूर्वएआइजीहरूले राखेका पिएसओ पनि हटाइएको छ । कार्यविधिमा अवकाशप्राप्त आइजिपीले मात्र पिएसओ तथा सहयोगीको सुविधा पाउने उल्लेख छ । तर, सबैजसो अवकाशप्राप्त एआइजीहरूले पिएसओका नाममा सहयोगी राखेका छन । एआइजीले राखेका एकभन्दा धेरै प्रहरी मात्र फिर्ता गरिएको स्रोतले बतायो । 

पूर्वएआइजी विजयलाल कायस्थको घरबाट एक हवल्दार र तीन जवानलाई फिर्ता गरिएको छ । अझै पनि उनीकहाँ केही प्रहरी छन् । त्यस्तै, पूर्वएआइजी मिङमार लामाको घरबाट पनि चार प्रहरी लगेकोमा फिर्ता गरिएको छ ।

प्रतिकृया दिनुहोस्

पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा

img

विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम ...

इन्टरनेटको मूल्य बढ्ने 

img

इन्टरनेट सेवा प्रदायकले प्रयोग गरिरहेको नेपाल विद्युत प्राधिकरणको पोल र फाइबरको भाडादर ...

उपसचिवले वृद्धा कुटे 

img

भौतिक तथा विकास मन्त्रालयका उपसचिव रुद्रप्रसाद लामिछानेमाथि आफ्नै छिमेकी कुटेको आरोप लागेको ...

उपराष्ट्रपतिद्वारा उद्घाटन, महानगरद्वारा बहिष्कार

img

मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका ...

विदेशमा लुकाइएको शंकास्पद धनको खुलासा हुँदै

img

नेपालबाट शंकास्पद अकुत सम्पत्ति विदेशी बैंकमा लगेर राखेको खुलासा एक अन्तर्राष्ट्रिय खोज ...

६ लाखमा युवती बेच्ने मुख्य नाइके पक्राउ

img

भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा ...

पत्रपत्रिका

सबै