कुहिने फोहोर महानगरले खरिद गर्ने

| ललितपुर

पुल्चोक लाछी टोलमा बस्ने काभ्रेका काइला तामाङको होटलबाट दैनिक दुई केजी फोहोर निस्कन्छ । महानगरको फोहोर संकलन गर्ने गाडी चोकचोकमा नआउने गरेकाले उनलाई फोहोर व्यवस्सथापन गर्न हम्मेहम्मे पर्ने गरेको छ । ललितपुर महानगरपालिकाले घरमा उत्पादन हुने कुहिने फोहोर खरिद गर्ने घोषणा गरेपछि अहिले उनी मख्ख छन् । भन्छन्, ‘यसले वडा सफासुग्घर हुने मात्र नभई ५/६ रुपैयाँ भए पनि दैनिक आम्दानी हुनेछ । उनले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । घोषणा भाषणमा सीमित नहोस्,’ उनले भने ।

ललितपुर महानगर, ३ वडाले वडावासीलाई यस बारेमा सूसुचित गराउन घरदैलो अभियान थालेको छ । पुल्चोकमा किराना पसल गर्ने रामेछापका धनबहादुर जिम्बा भन्छन्, ‘अभियान राम्रोसँग संचालन भएमा अरुको फोहोरसमेत समेट्न जान हुन्छन् ।’ उनले जनप्रतिनिधिले फोहोरमैला व्ववस्थापनसम्बन्धी नीतिगत निर्णय गरेरै अगाडि बढ्नु पर्ने बताए ।

पुल्चोकका रैथाने पद्मबहादुर शाक्यले कुहिने फोहोर घरमै व्यवस्थापन गर्दै आइरहेका छन् । उनको घरबाट सातामा २ केजी फोहोर उत्पादन हुन्छ । उनले समस्याको जड फोहोर नभई चेतनाको विकासमा कमी भएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिकृया दिनुहोस्

पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा

img

विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम ...

इन्टरनेटको मूल्य बढ्ने 

img

इन्टरनेट सेवा प्रदायकले प्रयोग गरिरहेको नेपाल विद्युत प्राधिकरणको पोल र फाइबरको भाडादर ...

उपसचिवले वृद्धा कुटे 

img

भौतिक तथा विकास मन्त्रालयका उपसचिव रुद्रप्रसाद लामिछानेमाथि आफ्नै छिमेकी कुटेको आरोप लागेको ...

उपराष्ट्रपतिद्वारा उद्घाटन, महानगरद्वारा बहिष्कार

img

मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका ...

विदेशमा लुकाइएको शंकास्पद धनको खुलासा हुँदै

img

नेपालबाट शंकास्पद अकुत सम्पत्ति विदेशी बैंकमा लगेर राखेको खुलासा एक अन्तर्राष्ट्रिय खोज ...

६ लाखमा युवती बेच्ने मुख्य नाइके पक्राउ

img

भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा ...

पत्रपत्रिका

सबै