७ दर्जन हलमा चौका दाउ

| काठमाडाैं

सामाजिक कथामा आधारित हाँस्यप्रधान चलचित्र ‘चौक दाउ’ मुलुक सात दर्जनभन्दा बढी सिनेमा हलमा रिलिज हुने भएको छ । यसका परिकल्पनाकार एव म कथाकार शम्भुजित बासकोटाका अनुसार चलचित्रले राम्रो चर्चा पाएकाले मुख्यहलहरू पाएको छ ।

‘माघे सक्रान्तीको अवसर पारेर हामीले चौका दाउ रिलिज गरेका हौं । यो फिल्मले दर्शकलाई दुई घन्टासम्म पुरा हँसाउने छ ।’ यो चलचित्रका संगीतकार शम्भुजित बासकोटाले भने ।

सौर्यजित बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रलाई चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ । फिल्मलाई काठमाडौंमा पनि राम्रो शो दिईएको वितरक गोपाल कायस्थले बताएका छन् ।

निर्देशक पूर्णेन्दु झाले चौका दाउ निर्देशन गरेका हुन् । उनका अनुसार यो फिल्ममा चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह छन् । पाँचौ चौकाको रुपमा अजश्र ढुँगानालाई देख्न पाइन्छ । फिल्मकी एक मात्र ‘मिस्सी’को रुपमा वर्षा राउत प्रस्तुत भएकी छिन् । अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिबशंकर रिजाललगायत छन् ।

पौढदेखि तन्नेरी पुस्तासम्मका पुरुषहरुको युवती प्रतिको आकर्षण र त्यस्ले निम्त्याउने परिणाममा यो फिल्म केन्द्रित रहेको छ । फिल्मलाई परिवारमा बसेर हेर्न सकिने निर्देशक झाको भनाई छ । यो पूर्णतया सामाजिक कथामा आधारित सिनेमा भएको पनि उनले जानकारी गराए ।

चौका दाउमा वसन्त श्रेष्ठको नृत्य र भिमफेदी गाईजको नृत्य निर्देशन, दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण व्यवस्थापन रहेको छ । यो चलचित्रको दुई गीत ‘राधा पियारी...’ र ‘मेरो माया कतारमा...’ चर्चामा छ । फिल्म अष्टे्रलियामा समेत प्रदर्शन गरिने भएको छ 

प्रतिकृया दिनुहोस्

प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न

img

  प्रथम एपिक नेपाल म्युजिक अवार्ड हालै राजधानीमा  सम्पन्न भएको छ । नेपाली ...

बास्तविक कथामा आधारित तोर्सेला सैलुङ बाघढुंगा

img

गायिका सुनिता लामाले आफ्नो वास्तविक कथा फापारे गीतमार्फत व्यक्त गरेकी छिन् । ...

‘म त मरेको मान्छे...’

img

गीतकार बासुदेव घिमिरेले नयाँ गीतको म्युजिक भिडियो लिएर आएका छन् । पत्रकार भोला ...

मेलिनाको हाँसो लुटेउ

img

नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा हाँसो लुटेउ गीतको ...

चलचित्रमा पनि गरूड पुराण

img

चलचित्र ‘गरुड पुराण’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले  ...

निर्मलाको वास्तविक कथा बोकेको चलचित्र ‘कोपिला’

img

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको लगभग छ महिना ...

पत्रपत्रिका

सबै