मैथिली भाषाको हत्या गर्न दिन्नौ : मन्त्री पोखरेल

| सिराहा

नेपाल सरकारका उपप्रधानम तथा रक्षामन्त्री ईश्वर पोखरेल हिन्दी भाषाको प्रवेश गराएर आफ्नै मैथिली भाषाको हत्या गर्न नदिने बताएको छ ।

बुधबार सिरहाको कर्जन्हा–५, बस्तीपुरमा आयोजित किसान नेता जयगोविन्द साहको २९ औँ स्मृति सभालाई सम्बोधन गर्दे उनले यस्तो कुरा बताएको हो ।

नेपाल बहुजाति, भाषा, धर्म भएको देश भएको भन्दै मन्त्री पोखरेलले भने– ‘तराईका धेरै मानिसले मैथिली भाषा बोल्ने र बुझ्ने भएकाले मैथिली भाषालाई नै सरकारी कामकाजको भाषा बनाउन सकिन्छ, हिन्दी भाषालाई प्रवेश गराएर हामी हाम्रै भाषालाई ‘हलाल’ गर्न दिन्नौँ ।’

अहिलेको सरकार सरकार परिवर्तन मात्र नभएर संयन्त्रसहितको परिवर्तन भएको बताए ।  उनले सरकारले फागुन मसान्तभित्र सबै कानून बनाएर विकास निर्माणका कामलाई तीव्रता दिने बताए ।

मन्त्री पोखरेलले आफ्नो सरकारले आफ्नो कार्यकालमा चुनावी घोषणापत्रलाई पुरै कार्यान्वयन गर्ने जनाए । उनले भने– ‘हामीले समाजिक सुक्षाभत्ता पाँच हजार बनाउने भनेका छौँ, त्यो यही सरकारले पुरयाउँछ ।’

मन्तव्यकै क्रममा मन्त्री पोखरेलले अंगिकृत नागरिकता बाँडेर नेपाली नागरिकलाई नै अल्पमतमा पार्ने पक्षमा नरहेको बताए । ‘अंगिकृत नागरिकताको भेलबाढी बगाएर नेपाली जनतालाई अल्पमतमा पार्न चाहन्नौँ । सरकारले विदेशी बुहारीलाई भने अंगिकृत नागरिकता दिने निर्णय गरिसकेका छौँ, उनले भने ।’

किसान नेता जयगोविन्द साह तत्कालीनको २०४६ साल पुस २५ गते निधन भएको थियो । भारतको जयनगरमा निधन भएको उनको शव तत्कालीन राजतन्त्रात्मक सरकारले नेपाल ल्याउन समेत दिएका थिएनन् ।

सभामा नेकपा क्रान्तिकारी माओवादी बैद्य समूह परित्याग गरी हिरा बहादुरको नेतृत्वमा विजय गुप्ता, सुरेन्द्र साह, उमेश साह, अताबुल मिया, रामदेव कारक, शुभलाल राम, शिवनाथ राम, मोहमद मुल्लाह लगायत ९४ नेता तथा कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका छन्। नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई प्रमुख अतिथि नारायणकाजी श्रेष्ठ प्रकाश र रक्षामन्त्री ईश्वर पोखरेलले अवीर माला लगाई स्वागत गरिएको थियो।

प्रतिकृया दिनुहोस्

विप्लवको नेकपाले शनिबार नेपाल बन्द गर्ने घोषणा

img

विप्लव नेतृत्वको नेकपाले शनिबार नेपाल बन्दको घोषणा गरेको छ । सरकारले लगाएको ...

प्रहरीले अछाममा विप्लवका नेता र कार्यकर्तामाथि गोली चलायो

img

अछाममा प्रहरीले विप्लवका नेता तथा कार्यकर्तामाथि गोली चलाएको छ । पक्राउ गर्ने ...

विप्लव नेतृत्वको नेता, कार्याकर्ताहरु धमाधम पक्राउ

विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले देशका विभिन्न ठाउँहरुबाट धमाधम पक्राउ गरिरहेको छ । पक्राउ पर्नेहरुमा पार्टी र विभिन्न भातृ संगठनका नेता कार्यकर्ताहरु रहेको प्रहरीले जनाएको छ ।  यही क्रममा ...

विप्लवका तमुवान संयोजक र म्याग्दी जिल्ला जनसरकार प्रमुख पक्राउ

img

विप्लव नेतृत्वको नेकपा तमुवान संयोजक किसान सिंह तमु गुरुङ पक्राउ परेका छन् ...

देउवा निर्विकल्प : साउद

img

सत्ता बाहिर रहेका नेपाली कांग्रेसका नेता एनपी साउँदले पार्टी नेतृत्वका लागि सभापति ...

एकता बढाउने अभियानमा डा. कोइराला

img

नेपाली कांग्रेस पार्टीभित्र भावनात्मक एकता बढाउने अभियानमा लागि परेको महामन्त्री डा. शशांक ...

पत्रपत्रिका

सबै