साइपाल शीर्ष स्थानमा

| काठमाडाैं

डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमीले तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा बुधबार शीर्ष स्थानमा रहँदै राउन्ड रोविन लिग टुंगाएको छ ।

लिगको अन्तिम दिन साइपालले आयोजक एनसीसिएसलाई ६०४०ले हराउदै पाँच टिम सहभागी प्रतियोगितामा लगातार चौथो जित हात पार्यो । अपराजीत साइपालको जितमा रोशनी श्रेष्ठले १० अंक योगदान गरिन् । एनसीसिएसका लागि तनुजा गुरुङले १६ अंक जोडेपनि जितलाई पर्याप्त भएन ।

पहिलो र दोश्रो क्वाटरमा १४४ र १३३ को अग्रता लिएको साइपाल तेश्रोमा १७२०लेपछि पर्यो । अन्तिम तथा चौथो क्वाटरमा साइपालले १६१३ को प्रदर्शन गर्यो ।

अर्को प्रतिस्पर्धामा एनसीसिएससँगै संयुक्त आयोजक रहेको विशाल मिलन केन्द्र (बिएमके)ले काठमाडौं नर्थ पोल क्लबलाई ३२२०ले हरायो ।

पहिलो क्वाटर ७७ को बराबरीमा टुंगियो भने दोश्रोमा बिएमकेले ८ अंक जोड्दा नर्थ पोल अंकविहीन बन्यो । तेश्रोमा बिएमके ७८ले पछाडि पर्यो भने चौथोमा १०५ को अग्रता हासिल गर्यो ।

राउन्ड रोविनको समाप्तिमा शत प्रतिशत जितसाथ साइपाल शीर्ष स्थानमा रहँदा ३ जित र १ हारसाथ समृद्धि गोरिल्लाज दोश्रो भयो । बिएमके (२ जित र २ हार) तेश्रो तथा नर्थ पोल (१ जित र ३ हार) चौथो भए । कुनैपनि खेल नजितेको एनसीसिएस प्रतियोगिताबाट बाहिरिएको छ ।

अब पहिलो स्थानको साइपाल र दोश्रो भएको समृद्धिले फाइनलमा प्रवेशका लागि खेल्ने छन् । यसमा पराजीत हुनेले तेश्रो स्थानको बिएमके र चौथो स्थानको नर्थ पोलबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि खेल्न मौका पाउनेछ । प्रतियोगिताअन्तर्गत बिहीबार साइपाल र समृद्धि तथा बिएमके र नर्थ पोलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस्

ललितपुर खेलाडी तथा प्रशिक्षक संघमा शाक्य

img

ललितपुर जिल्ला खेलाडी तथा प्रशिक्षक संघको अध्यक्षमा विनोद शाक्य गुभाजु शुक्रबार चयन ...

ज्ञान निकेतनको विजयी सुरुआत सुरुव

img

आयोजक ज्ञान निकेतनले १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगितामा ...

तेक्वान्दो मास्टर गुरुङले गरे खेल सामग्री सहयोग

img

हङकङमा रहेका तेक्वान्दो मास्टर गणेश गुरुङले नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ...

कराँते टोली बंगलादेश जाने

img

आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली गोजुरियो ...

महेश्वर नगदसहित सम्मानित

img

काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघले विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता ...

दशौं रुष्लान फाल्गुनन्द गोल्डकपको उपाधि झापा–११ लाई

img

पाँचथरको फिदिममा सम्पन्न दशौं रुष्लान फाल्गुनन्द गोल्डकपको उपाधि झापा–११ उचालेको छ । सोमबार ...

पत्रपत्रिका

सबै