कम्यूनिष्ट सरकारले नै देश समृद्ध बनाउँछ : नेता नारायणकाजी

| सिराहा

कम्यूनिष्ट सरकारले नै देश समृद्ध बनाउने भन्दै संविधान कार्यान्वयन गर्दै आवश्यक परे संशोधन गरेर भएपनि मुलुकलाई समृद्ध बनाउनुपर्ने बताए । सिरहाको कर्जन्हा नगरपालिका वडा न. ५ वस्तिपुरमा आयोजित किसान नेता जय गोविन्द साहको २९ औं स्मृति सभालाई सम्बोधन गर्दे नेता तथा प्रवक्ता नायारयणकाजी श्रेष्ठले सो कुरा बताएका हुन् ।  

नेपाली जनताको भर्ने थालो सरकार भएको भन्दै हामीले सरकारलाई नै संघर्षको मुख्य थलो बनाउनुपर्ने बताए । उनले भने, ‘यही सरकारले नेपाल समृद्ध बनाउँछ, त्यसैले सरकारले गरेका राम्रो कामको प्रशंसा गर्दै खराव कामहरुको आलोचनात्मक ढंगले विरोध गर्नुपर्ने हुन्छ ।’ नेताहरुवीचको मतभेदको कारण सरकार फेरिन्छ भन्ने धेरैलाई लागेको हुनसक्ने बताउँदै नेता श्रेष्ठले सरकार परिवर्तनको कुनै सम्भावना नभएको भन्दै प्रधानमन्त्री केपी ओली नेतृत्वले नै पाँच वर्ष सरकार चलाउने बताए ।

हाम्रो राष्ट्रिय अखण्डतालाई टुक्र्याउन खोज्ने, देशलाई विखण्डन गर्नखोज्ने कुनै पनि तत्व र शक्ति सैह्य नहुने बताए ।

विखण्डनकारी विरुद्ध एक ढिक्का बनाउनुपर्ने बताउँदै नेता श्रेष्ठले त्यसको नेतृत्व आफ्नो पार्टी र सरकारले गर्ने जनाए । स्मृति दिवसरलाई सम्बोधन गर्दै नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले अहिलेको सरकारले कानून अभावमा धेरैकाम गर्न नसकेको बताए ।

उनले अहिलेको सकारकार सरकार परिवर्तनमात्र नभएर संयन्त्र सहितको परिवर्तन भएको भन्दै हामीलेनै नयाँ कानून बनाउँदै कामलाई अगाडिद बढाउनुपर्ने भएकाले काम नभएको जस्तोमात्र देखिएको बताए ।

सरकारले फागुन मसान्तभित्र सबै कानून बनाएर विकास निर्माणका कामलाई तिव्रता दिने बताए । मन्त्री पोखरेलले आफ्नो सरकारले आफ्नो कार्यकालमा चुनावी घोषणापत्रलाई पुरै कार्यानवय गर्ने जनाए । उनले भने, ‘हामीले समाजिक सुरक्षाभत्ता ५ हजार बनाउने भनेका छौं, त्यो यही सरकारले पुरयाउँछ ।’

सोही क्रममा मन्त्री ईश्वर पोखरेलले कमला सुनकोसी डाइर्भसन र सुकोशी मडिन डाइभर्सनको कामलाई अगाडि बढाएर तराइको उर्वर जमिनमा सिंचाई गरी यहाँको किसानलाई खुसीयाली दिने बताए ।

मन्तव्यकै क्रममा मन्त्री पोखरेलले अंगिकृत नागरिकता बाँडेर नेपाली जनतालई नै अल्पमतमा पार्ने पक्षमा नरहेको बताए । उनले भने, अंगिकृत नागरिकताको भेलबाढी बगाएर नेपाली जनतालाई अल्पमतमा पार्न चाहन्नौं, ‘सरकारले विदेशी बुहारीलाई भने अंगिकृत नागरिकता दिने निर्णय गरिसकेका छौं ।’

नेपाल बहुजाती, भाषा, धर्म भएको देश भएको भन्दै मन्त्री पोखरेलले हिन्दी भाषाको प्रवेश गराएर आफ्नै मैथली भाषाको हत्या गर्न नदिने बताए । उनलेभने, ‘तराइको धेरै मानिसले मैथली भाषा बोल्ने र बुझ्ने भएकाले मैथली भाषालाई नै सरकारी कामकाजको भाषा बनाउन सकिन्छ, हिन्दी भाषालाई प्रवेश गराएर हामी हाम्रै भाषालाई ‘हलाल’ गर्न दिन्नौं ।’

किसान नेता जयगोविन्द साह तत्कालीनको २०४६ साल पुस २५ गते निधन भएको थियो । भारतको जयनगरमा निधन भएको उनको शव तत्कालीन राजतन्त्रात्मक सरकारले नेपाल ल्याउन समेत दिएका थिएनन् ।

प्रतिकृया दिनुहोस्

पृथ्वीनारायण शाहको योगदानलाई नेपालीले बिर्सन नहुने – डा. लोहनी

img

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले २९७ औं पृथ्वी जयन्ती चियापान तथा शुभकामना-आदानप्रदान ...

विवेकशील दुई टुक्रा: नयाँको नाम विवेकशील नेपाली दल

img

विवेकशील साझा पार्टी फुटेको छ । रविन्द्र मिश्र र उज्जल थापा नेतृत्वको ...

मैथिली भाषाको हत्या गर्न दिन्नौ : मन्त्री पोखरेल

img

नेपाल सरकारका उपप्रधानम तथा रक्षामन्त्री ईश्वर पोखरेल हिन्दी भाषाको प्रवेश गराएर आफ्नै ...

राजदूत लक्की शेर्पा बर्खास्त, मानव तस्करीको आरोप

img

अस्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । शेर्पा ...

बहसमाभन्दा विकासमा अघि बढाैं :  प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

img

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै अाफु बहसमा भन्दा विकासमा अगाडि ...

राष्ट्रवादी र प्रजातन्त्रवादीहरुको एकता आजको आवश्यकता : डा. लोहनी

img

कैलालीको सुख्खडमा शनिबार एराप्रपा (राष्ट्रवादी) ले कार्यकर्ता भेला एवं जनसभा आयोजना गरेको ...

पत्रपत्रिका

सबै