ओपो एफनाइन जेड ग्रिन एडिसन सार्वजनिक

मूल्य रु. ४१,५९० निर्धारण

| काठमाडाैं

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले वैश्विक स्तरमै निकै लोकप्रियता कमाएको स्मार्टफोन ओपो एफनाइन अन्तर्गत नयाँ लिमिटेड एडिशन सार्वजनिक गरेको छ ।

पछिल्लो वर्ष सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन भिन्न रंगमा सार्वजनिक ओपो एफनाइनका लागि प्राप्त अभुतपूर्व सफलतापश्चात कम्पनीले नयाँ रंग जेड ग्रिनमा लिमिटेड एडिसनका रुपमा फोन सार्वजनिक गरेको हो । एफनाइन जेड ग्रिन एडिसनको मूल्य रु. ४१,५९० निर्धारण गरिएको छ । 

‘एफनाइनका लागि प्राप्त माया र सहयोगका लागि हामी समस्त उपभोक्ताप्रति कृतज्ञ छौँ । एफनाइनले नेपाली बजारमा निकै ठुलो सफलता हात पारेको छ । हामीले जेड ग्रिन लिमिटेड एडिसनको डिजाइन विशेषगरी यूवा पुस्तालाई ध्यानमा राखि गरेका छौँ । हामी यूवा पुस्तासँग स्मार्टफोनको माध्यमबाट सम्बन्ध स्थापित गर्छौँ । तसर्थ डिजाइन हाम्रालागि निकै महत्वको विषय हो’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘ओपोमा हामी हाम्रा उपभोक्ताहरुका लागि नवप्रवर्तनात्मक प्रविधि कायम राख्दै छनोटका विभिन्न विकल्प उपलब्ध गराउन चाहन्छौँ । हालसम्म प्राविधिक उत्कृष्टता कायम राख्दै सुन्दर कलात्मक उत्पादन दिने कार्यमा हामी सफल रहँदै आइरहेका छौँ । यसैको एक सटिक नमुनाका रुपमा एफनाइन जेड ग्रिन एडिसनलाई लिन सकिन्छ । ’

जेड ग्रिन एडिसनमा एफनाइनमा विद्यमान विशेषताहरू (स्पेसिफिकेसन्स)लाई नै निरन्तर्ता दिइएको छ । यसमा उपलब्ध भोक फ्ल्याश चार्जले ५ मिनेटको चार्जमा २ घण्टा टक टाइमको सुनिश्चितता प्रदान गर्छ । प्रयोगकर्ताद्वारा गरिएका प्रयोग तथा परीक्षणमा भोक फ्ल्याश चार्जले, मात्र ५ मिनेटको चार्जमा सर्वाधिक लामो टकटाइम दिने प्रमाणित भइसकेको छ । 

सार्वजनिक नयाँ एफनाइन जेड ग्रिनले पनि यो अनुभवलाई निरन्तर्ता दिनेछ तर, नयाँ लुक्समा । जेड ग्रिन भ्यारियण्टले ह्वाइट स्याण्ड बीचेज, सफा पानी र लश रेनफोरेस्ट रंगको सम्मिश्रण मार्फत प्राकृतिक पारदर्शि लुक्स प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

 शुल्क भुक्तानी अब इसेवाबाटै, लाइनको बाध्यता हट्यो 

img

अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा ...

चार्जिङ सेन्टर स्थापना

img

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको सुविधाको लागि नेपाल टेलिकमको सहयोगमा मोबाइल चार्ज ...

ओपोद्वारा एकै हप्ता चार नयाँबजार प्रवेश

img

स्मार्टफोन ओपोले तिब्रताका साथ आफ्नो बजार विस्तार गरिरहेको छ । गत हप्ता ...

इसेवा दशौं वर्षमा

img

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रा.लि.’ दशौँ वर्षमा प्रवेश ...

ओपोलाई टीयूभी ह्रायनल्याण्डद्वारा मान्यता

img

प्रसिद्ध अन्तरराष्ट्रिय सेफ्टी अथोरिटी, टीयूभी ह्रायनल्याण्ड, जर्मनीले ओपो ईलेक्ट्रोनिक्सको स्वामित्व अन्तर्गतको र्यापिड ...

शैलुङको नादानघर डाँडामा जिएसएम टावर संचालन

img

दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर १ स्थित ताम्चेत दुधपोखरीको शिर नादानघर डाँडामा ...

पत्रपत्रिका

सबै