अपिको १५ औं साधारणसभा सम्पन्न

| काठमाडाैं

अपि पावर कम्पनी लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न गरेको छ ।

कम्पनीले आ.व २०७४÷०७५ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर (कर बाहेक) दिने प्रस्ताव साधारणसभाबाट पास गरेको छ । ५ प्रतिशत बोनस शेयर निश्कासन पश्चात कम्पनीको चुक्ता पूँजी रु.११९.०७ करोड पुग्ने कम्पनीले जनाएको छ ।

कम्पनीले निर्माण सम्पन्न गरेको ८.५ मे.वा. क्षमताको नौगड गाढ जलविद्युत आयोजना विगत ३ वर्षदेखी नाफामा संचालन भईरहेको र कम्पनीले निर्माण गरिरहेको ८ मे.वा. क्षमताको अप्पर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको पनि कम्पनीले जनाएको छ । साथै कम्पनीले प्रबद्र्धन तथा विकाश गरेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौताको मस्यौदामा हस्ताक्षर गरेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले विकाश गरेको १८ मे.वा. आयोजनामध्ये १४ मे.वा. क्षमताका ४ वटा सोलार आयोजनाहरुको विद्युत खरिद विक्री सम्झौता सम्पन्न गरिसकेको छ र सोलार आयोजना निर्माणको लागी भारतको जेनेरल इलेक्ट्रिकल कम्पनी (General Electric Company) सँग सोलार प्यानलहरु, इनभर्टर तथा अन्य आवश्य सामानहरु खरिद गर्ने सम्झौता पनि सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले १:२ बराबरको हकप्रद शेयर जारी गरी शोलार आयोजनाहरु, माथिल्लो चमेलिया जलविद्युत आयोजना तथा सिद्धकाली पावर लि.ले निर्माण गर्ने त्रिशुली गल्छी जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ ।

साधारणसभाले नियमन निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन)  सँग १:२ को अनुपातमा हकप्रद शेयर निश्कासनको अनुमति छिटोभन्दा छिटो दिन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

घरमै बसेर खाता खोल्दा १ सय पाइने

img

सिभिल बैंकले अनलार्इन अकान्टको शुरूवात गरेको छ । यो योजनामा ‘को बन्छ ...

एनआइसीले २ गुणा नाफा बढायो

img

एनआइसी एशिया बैंकको चालू आवको दोस्रो त्रैमासिक नाफा २ गुणाले बढेको छ ...

प्रभु टिभीमा एचडी च्यानलहरु उपलब्ध

img

प्रभु समुहले डिजिटल भिडियो प्रशारणमा आधारित भएर प्रभु टिभी सञ्चालनमा ल्याएको छ। ...

नेपालगन्जमा सानिमा इन्स्योरेन्स कम्पनी

img

सानिमा इन्स्योरेन्स कम्पनी, नेपालगन्ज शाखाको विधिवत् उद्घाटन भएकाे छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर ...

टेलिकमले लाभांश दिने

img

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।  आर्थिक ...

बंगुर पालनबाट मनग्य आम्दानी

img

मिहेनत गरे के हुदैन ? भन्ने उदाहरण दिदै रसुवाको धुञ्चेमा छुर्तेन सहकारी ...

पत्रपत्रिका

सबै