कोरियाको सोनाम ल्होछारमा दर्जनौ कलाकारसँग ल्होछारप्रेमी झुम्ने

ल्होछारलाई बिधिगत र सांस्कृतिक एवं सांगीतिक रुपमा मनाउँने भब्य तयारी

| दक्षिण कोरिया

तामाङहरुको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा हुने कार्यक्रमका लागि आधा दर्जन सेलो कलाकार, ताम्बा डम्फूरे र म्हेन्दोमाया कलाकार कोरिया ल्याउने भएका छन् ।

नेपाल तामाङ संघ दक्षिण कोरियाको आयोजनामा फेब्रुअरी ४ तारिकमा (माघ २१ गते) हुने बृहत सांस्कृतिक एवं सांगीतिक कार्यक्रममा ६ जना तामाङ कलाकार नेपालबाट ल्याउने आयोजक नेपाल तामाङ संघ कोरियाले निर्णय गरेको छ । कार्यक्रममा तामाङ र सेलो क्षेत्रमा गायन गर्दै आएका नेपालबाट ल्याउने ६ जनासँगै कोरियामा बस्दै आएका कलाकारसँग ल्होछारप्रेमी झुम्ने भएका छन् ।

ल्होछार सांगीतिक कार्यक्रमको लागि नेपालबाट संगीतकार एवं गायक टिका बम्जन, गीतकार एवं गायकद्धय फूलकुमार बम्जन र जीवन बम्जन, संगीतकार एवं गायक जोगलाल लामा, सेलो तथा म्हेन्दोमाया गायिका बिना घले र ताम्बा डम्फूरे धावा वाङ्गेल लामा मोक्तान ल्याउने भएको आयोजक संस्था संघले जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष एवं कलाकार व्यवस्थापक संयोजक रबि लामाको अनुसार अहिले भिसा प्रोसेसिङको काम भइरहेको छ, कलाकारको भिसा लागेपछि मात्र यहाँ आउने स्वीकृत हुने बताए । उनले भने- सबै कलाकारको भिषा लागे धुमधाम रमाइलो हुनेछ ।

ल्होछार मुल आयोजक समितिका संयोजक तथा संघको अध्यक्ष मेगप्रसाद वाइबा तामाङले ल्होछार कार्यक्रमको बारे केही हप्तामा पत्रकार सम्मेलन गरि ल्होछार, कार्यक्रम तयारी र कलाकार बारे जानकारी दिने बताए । उनले भने - यसपालि सांस्कृतिकसँगै सांगीतिक कार्यक्रममा ल्होछारप्रेमी दर्शक झुम्न पाउने छ । `यो ल्होछारमा तम्बा डम्फूरे कलाकार पनि ल्याउने भएको छ, बिगतको भन्दा बृहत र पृथक हुनेछन्´, उनले थपे `तामाङ पुस्तक, भेषभुषा (तामाङ गोइलो), तामाङ मौलिक बाजा डम्फू र तामाङ खाना परिकार प्रदर्शनीमा राख्नेछ ।´

ल्होछार सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा तामाङ समुदायको पहिचानको शक्ति प्रदर्शन हुने संघका सचिव अमिर योञ्जनले बताए । उनका अनुसार त्यसदिन ताम्बा डम्फूरे, लामा लगायत आम सहभागीहरुसँग सांस्कृतिक र्‍याली हुने बताए । उनले भने- `आफ्नो कला संस्कृतिको संरक्षण सम्बर्द्धन गरौं, ताम्सालिङ प्राप्तिको अभियानमा अघि बढ्औं, सोनाम ल्होछार मनाऔं´ भन्ने मुल नाराका साथ एकै स्थानमा रमाइलोसंगै बिधिगत रुपमा ल्होछार मान्ने छ ।´ सचिव योञ्जनले भने `सोनाम ल्होछारको प्रवर्द्धनसँगै हाम्रो सांस्कृतिक पहिचानलाई स्थापित गर्न सबै उपस्थिति हुँदै भब्य रुपमा मनाउनु पर्ने बेला हो ।´

कोरियामा रोजगारीको सिलसिलामा बस्दै आएको सेलो तथा आधुनिक गायक अमन थिङ, गायिका परस्वती तामाङ, सेलो गायक युनिक दोङ, सेलो गायक राज ब्लोन, ज्ञान लामा, भवश्बी बम्जन, प्रेमा लामा र मनिराज लामाको आकर्षक डान्स हुनेछन् ।

प्रतिकृया दिनुहोस्

हिल वाक सम्पन्न

img

एनआरएनए  स्कटल्याण्ड समन्वय समितिले हिलवाक इभेन्ट सम्पन्न भएको छ । आइतबार डुमएट हिल, ...

काभ्रे सेवा समाज कतारको अध्यक्षमा बिष्ट

img

काभ्रे सेवा समाज कतारको दोस्रो अधिवेशन शुक्रबार समपन्न भएको छ । दोहास्थित ...

बहराइनमा महिला समूह गठन

img

बहराइनमा एनआरएनए महिला समूह (फोरम बहराइन) गठन भएको छ ।  शुक्रबार पुष्पा ...

लेबानानमा नेपाल कन्सुलेट कार्यालय स्थापना

img

लेबानानको बेरुतमा नेपाल कन्सुलेट कार्यालय उद्घघाटन गरिएको छ । कार्यालयको स्थापना इजिप्टका ...

इनासको होली दुबईमा

img

दुबईको आबुधावीमा रहेका नेपालीहरुले होली पर्व मनाइएको छ । पर्व मार्च २२ ...

साउदीमा नेपालीको होली

img

साउदीमा शुक्रबार नेपालीहरूले होली पर्व धुमधामले मनाइएको छ । दमामको डल्लाहमा विविध ...

पत्रपत्रिका

सबै