लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण पाटो प्रभावकारी

| रसुवा

वि.सं. २०२९ चैत ९ गते लाङटाङको नामले स्थापना गरिएको लाङटाङ राष्ट्रिय निकुञ्ज रसुवामा ५७, नुवाकोटमा ७ र सिन्धुपाल्चोकमा ३६ प्रतिशत क्षेत्रफल ओगटेका छन् । संरक्षण र जैविक विविधतामा निकुञ्जले ध्यान दिइएको छ, त्यही अनुसार सुधार पनि भएको छ ।

४ सय २० वर्गकिलोमीटर क्षेत्रमा मध्येवर्ती क्षेत्रहरू रहेका छन् । नेपालको दोस्रो राष्ट्रिय निकुञ्जभित्र विश्वमा दुर्लभ मानिने रेडपाण्डा, ४६ जातिका स्तनधारी जनावर र ३१५ पंन्छी र जलचरको रुपमा ३० प्रतिशत प्रजातिको माछा रहेका छन् । साथै ३७३ प्रकारका चरा एवं ११ थरीका घस्रने जीव रहेका छन् ।

एक हजारभन्दा बढी प्रजातिका बनस्पतिको पहिचान गरी सुचित पनि भइसकेको निकु्ञ्जले जानकारी दिए ।

निकुञ्जको अर्कोतर्फ अस्मिज पहरे बाँदर तथा आफ्नै तरङ्गमा हिडिरहने बँदेलले आन्तरिक एवं बाह्य पर्यटकका लागि थप आकर्षकको केन्द्र बन्दै गएको छ । पासाङल्हामु् राजमार्ग आसपास राम्चे इलाका क्षेत्रको उतिसका बोटमा समेत रेडपाण्डा देखिन थालेपछि निकुञ्जको गरिमा उच्च हुँदै गएको छ ।

प्रमुख संरक्षण अधिकृत सुष्मा रानका अनुसार निकुञ्जको संरक्षण कार्यले पर्यटकको समेत आगमनमा बृद्धि हुँदै गएको बताइन् । गत आर्थिक वर्षमा ४ करोड ९० लाख राजश्वमध्ये ९० प्रतिशत शुल्क पर्यटकबाट आय भएको बताइएको छ । यस आर्थिक वर्षको ६ महिनामा ८ हजार ५ सय ५४ जना पर्यटकले निकुञ्जको भ्रमण गरेको उनले जानकारी दिइन् ।

निकुञ्जभित्र लाङटाङ हिमाल, धार्मिक स्थल गोसाइकुण्ड ऐतिहासिक रसुवागढी, नुवाकोटको दुप्चेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी जस्ता सम्पदा रहेका छन् । निकुञ्जको सुरक्षार्थ धुञ्चेमा नेपाली सेनाको बाहेक विभिन्न स्थानमा नेपाली सेनाको पोपट सुरक्षा १० र निकुञ्जको १४ वटा पोष्टहरू राखिएका छन् ।

प्रतिकृया दिनुहोस्

घरमै बसेर खाता खोल्दा १ सय पाइने

img

सिभिल बैंकले अनलार्इन अकान्टको शुरूवात गरेको छ । यो योजनामा ‘को बन्छ ...

एनआइसीले २ गुणा नाफा बढायो

img

एनआइसी एशिया बैंकको चालू आवको दोस्रो त्रैमासिक नाफा २ गुणाले बढेको छ ...

प्रभु टिभीमा एचडी च्यानलहरु उपलब्ध

img

प्रभु समुहले डिजिटल भिडियो प्रशारणमा आधारित भएर प्रभु टिभी सञ्चालनमा ल्याएको छ। ...

नेपालगन्जमा सानिमा इन्स्योरेन्स कम्पनी

img

सानिमा इन्स्योरेन्स कम्पनी, नेपालगन्ज शाखाको विधिवत् उद्घाटन भएकाे छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर ...

टेलिकमले लाभांश दिने

img

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।  आर्थिक ...

बंगुर पालनबाट मनग्य आम्दानी

img

मिहेनत गरे के हुदैन ? भन्ने उदाहरण दिदै रसुवाको धुञ्चेमा छुर्तेन सहकारी ...

पत्रपत्रिका

सबै