चञ्चलाको २४ औं बार्षिक साधारण सभा सम्पन्न

| धनकुटा

चञ्चला देवी बहुउद्देश्यीय दुग्ध सहकारी संस्था लिमीटेड धनकुटा १ हिलेको सोमबार २४ औं बार्षिक साधरणसभा सम्पन्न भएको छ ।

लिमिटेडका अध्यक्ष निलबहादुर घिमिरेको अध्यक्षता तथा धनकुटा नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष निरेन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

साधरण सभामा सहकारीका आर्थिक व्यवस्थापक रमेश बुढाथोकीले आर्थिक वर्ष २०७४।०७५ को २० लाख ४८ हजार ३ सय ६५.८ पैसा बराबरको आयव्याय प्रस्तुत गरिएको थियो । सहकारीले किराना सामान खरिद र विक्रि विवरण आर्थिक वर्ष २०७४।०७५ मा १५ लाख २० हजार ५सय ६८ रुपैया भएको थियो, उनले प्रस्तुत विवरण भने ।

वडाध्यक्ष तामाङले सभालाई सम्बोधन गर्दै गत वर्षदेखि नै वडाले गोठ सुधारको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराका थिए । अब केही वर्ष भित्रमा वडामा रहेका सबै कृषकको सुधारिएको गोठ बनाउने प्रतिवद्धता व्यक्त गरे । साथै उनले सहकारीलाई प्रदेश नम्वर १ सरकारबाट पनि विउ विजन तथा गाईबाख्रा जस्ता पशुहररु उन्नत जातको अनुदानमा वितरण गर्ने बताए । उनले थपे– अन्य वडाले गर्नुपर्ने सहयोग निरन्तर गरिरहेको समेत जानकारी दिए ।

नयाँ समिति गठन

सभाले निलबहादुर घिमिरेको अध्यक्षतामा १४ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षयमा नगेन्द्र पाण्डे, सचिव गणेश बुढाथोकी, कोषाध्क्षयमा रुक्मणि पौडेल, सहसचिव खेम खुलाल रहेका छन् । यसैगरी सदस्यहरुमा लालचन गोङवा, नरबहादुर थापा, दुर्गा दर्लामी, संगीता कटुवाल, तिलामाया कार्की, सूर्यबहादुर विक, धर्मप्रताप थापा, हेम बहादुर घिमिरे र भुपेन्द्र बुढाथोकि रहेका छन् ।

तीन सदस्य लेखा समितिमा  कमल बस्नेत, विन्दु कार्की र दिपक घिमिरे रहेका छन् । यसैगरी सहकारीको नयाँ कार्यसमितिको ३ सदस्य संख्या रहने गरी सल्हाकार समिति गठन गरिएको छ । सल्हाकार समितिको संयोजकमा लाखमान घिसिङ, सदस्यहरुमा हरेन्द्र थिङ र तुला माया कार्कि छन् ।

प्रतिकृया दिनुहोस्

घरमै बसेर खाता खोल्दा १ सय पाइने

img

सिभिल बैंकले अनलार्इन अकान्टको शुरूवात गरेको छ । यो योजनामा ‘को बन्छ ...

एनआइसीले २ गुणा नाफा बढायो

img

एनआइसी एशिया बैंकको चालू आवको दोस्रो त्रैमासिक नाफा २ गुणाले बढेको छ ...

प्रभु टिभीमा एचडी च्यानलहरु उपलब्ध

img

प्रभु समुहले डिजिटल भिडियो प्रशारणमा आधारित भएर प्रभु टिभी सञ्चालनमा ल्याएको छ। ...

नेपालगन्जमा सानिमा इन्स्योरेन्स कम्पनी

img

सानिमा इन्स्योरेन्स कम्पनी, नेपालगन्ज शाखाको विधिवत् उद्घाटन भएकाे छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर ...

टेलिकमले लाभांश दिने

img

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।  आर्थिक ...

बंगुर पालनबाट मनग्य आम्दानी

img

मिहेनत गरे के हुदैन ? भन्ने उदाहरण दिदै रसुवाको धुञ्चेमा छुर्तेन सहकारी ...

पत्रपत्रिका

सबै