सउल नेपाल गुम्बामा पूजापाठ र ब्यबस्थापन समितिको दोस्रो अधिबेशन

| दक्षिण कोरिया

सउल नेपाल गुम्बा दक्षिण कोरियाको स्थापना दुई बर्ष पुगेको अवसर तथा दोस्रो बार्षिकोत्सवमा विशेष पूजापाठ गरेको छ । पूजापाठ सकेपछि गुम्बा ब्यबस्थापन समितिको दोस्रो अधिबेशन भएको छ ।

राजधानी सउलको गाङ्नाम गुमा रहेको गुम्बामा आइतबार विशेष पूजासंगै गुम्बा ब्यबस्थापन समितिको दोस्रो अधिबेशन गरेको हो । गुम्बाका लामा प्रमुख लामा कुन्साङ दोर्जे लामाको संयोजकमा पूजापाठ र अधिबेशनको प्रमुख अतिथि कोरियाको लागि नेपाली राजदुत अर्जुङजंग बहादुर सिंह उपस्थितिमा सम्पन्न भयो ।

गुम्बा ब्यबस्थापनको दोस्रो कार्यसमितिमा काभ्रेका दुधबहादुर लामाको अध्यक्षमा ११ जनाको कार्यसमिति चयन गरे । यो कार्यसमिति दुई बर्षको समयावधिको लागि चयन भएको हो । गुम्बा दुई बर्ष अघि स्थापना भएको हो ।

गुम्बाले औपचारिक कार्यक्रममा तामाङ, नेपाली समुदायका सामाजिक संस्था र कोरियन ब्यक्तिहरुलाई गुम्बालाई ब्यक्तिगत तथा संस्थागत रुपामा सहयोग गरेकोप्रति सम्मानपत्रको साथमा खादाले सम्मान पनि गरेको थियो ।

प्रतिकृया दिनुहोस्

कोरियामा नेपाल आइडल आउँदै

img

नेपाल आइडल दोस्रो सिजनका बिजेताहरुको बेजोड प्रस्तुति फेब्रुअरी ५ गते कोरियामा हेर्न ...

रियादमा सोनाम ल्होछार मनाइयो

img

साउदीमा २८५५ औं सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जनवरी १८ ...

मृतकको परिवारलाई एनआरएनए साउदीद्वारा आर्थिक सहयोग

img

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दा साउदीले मृतकको परिवारलाई आर्थिक ...

विश्वकर्मा समाज साउदीको प्रथम वार्षिकोत्सब सम्पन्न

img

एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदीले प्रथम वार्षिकोत्सब सम्पन्न गरेको छ । समाजले ...

साउदीमा एक नेपालीले गेरे आत्महत्या

img

वैदेशिक रोजगारीका सिलसिलामा साउदी आएका एक नेपालीले आत्महत्या गरेको छ । जेद्धास्थित इनिसियल ...

जापानमा 'सेर्कु' प्रदर्शनको तयारी

img

तामाङ चलचित्र 'सेम ताबा म्ही' ले अमेरिकाको भएको "फेडरेशन अफ इन्डिजेनस पिपुल्स ...

पत्रपत्रिका

सबै