घेदुङको अधिवेशनसँगै ल्होछारको जिम्मेवारी बाँडफाँड

| सिन्धुली 

नेपाल तामाङ घेदुङ सिन्धुली  मरिण गाउँपालिकाले प्रथम अधिवेशनसँगै ल्होछार सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

गाउँपालिकाको सभाहलमा शनिबार अध्यक्ष पानीराज बम्जनको अध्यक्षता तथा संघीय घेदुङको भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजिमान थिङको प्रमुख आतिथ्यतामा छलफल सम्पन्न भएको हो।

छलफलले चन्द्रबहादुर थिङको संयोजकत्वमा २१ सदस्यीय आयोजक समिति गठन गरेको छ। सचिवमा विज्ञान दोर्जे बल, कोषाध्यक्षमा मोतीलाल गोले र अन्य सदस्यहरू रहेका छन।

नजिकिदै गरेको तामाङ समुदायको ल्होछार २८५५ औं फा (सुंगुर) ल्हो सोनाम ल्होछार घेदुङले आगामी माघ १९ गते सांस्कृतिक कार्यक्रम र य्रालीको आयोजना गरी प्रथम अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको संयोजक थिङले जानकारी दिए ।

त्यस्तै आफ्नो प्रथम ऐतिहासिक अधिवेशन पनि सोही अवसरमा गर्ने भनी छलफलले सबैलाई आ-आफ्नो कामको बाँडफाँड समेत गरेको उनले बताए ।

कार्यक्रमको अतिथिहरुमा गाउँपालिका प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष प्रख्यात मोक्तान, वडा नं. ६ का वडाध्यक्ष कुर्साङ गोले लगायत समाजसेवी, बुद्धिजीवी शिक्षक सरोकारवालाहरुको उपस्थित रहेका थिए ।

प्रतिकृया दिनुहोस्

बैंकक लैजाने भन्दै गुम्बाका पदाधिकारीले ३९ जनालाई ठगे

बुढानिलकण्ठ १ मा रहेको रिग्जिन छ्योई फेलिङ गुम्बाका सञ्चालकहरुले बैंकक लैजाने भन्दै ३९ जनालाई ठगेको अरोप लागेको छ । उनीहरुले विश्व शान्ति पूजाको नाममा ठगी गरेको हो ।  पक्राउ पर्नेमा गुम्बा ...

होलीमा सादा पोशाकका सुरक्षाकर्मी परिचालन

img

होलीमा जबरजस्ती रंग दल्ने, पानी छ्याप्ने जस्ता उच्छृङखल काम गर्नेलाई कारबाही गर्न ...

दलित साहित्य गोष्ठी सम्पन्न

img

‘दलित साहित्य लेखनको वर्तमान अवस्था र भावी दिशा’ विषयक विचार गोष्ठी शुक्रबार ...

लालबन्दीमा घेदुङ गठन

img

सर्लाहीको लालबन्दी १० मा नेपाल तामाङ घेदुङको वडा कमिटी गठन भएको छ। तामाङ ...

धुञ्चेमा १५ वर्षपछि मानछेप्पा घेवा

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ धुञ्चेमा १५ वर्षपछि ५ दिने मनछेप्पा घेवा ...

उपत्यका ह्योन्जन भेला सम्पन्न

img

उपत्यका ह्योन्जन वंश भेला सम्पन्न भएको छ । भेलाले आगामी चैतमा समन्वय ...

पत्रपत्रिका

सबै