ओपो एफनाइन जेड सार्वजनिक हुदै

| काठमाडाैं

ओपोले विभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका विभिन्न मोडलमा आधारित लिमिटेड एडिसन स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ । यस पटक भरखरै सम्पन्न अंग्रेजी नयाँ वर्षको अवसर पारेर कम्पनीले ओपो एफनाइनको जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

नयाँ सुरुवातको उत्सव !

अहिलेसम्म सार्वजनिक गर्ने निश्चित मितिको निक्र्यौल भई नसकेको भएतापनि ओपो एफनाइन जेड ग्रिन यही जनवरी महिनाभित्र नेपाली बजारमा उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ । विभिन्न ग्राडियण्ट रंगमा सार्वजनिक गरिएका ओपो एफनाइन आफ्नो आकर्षक रंग र डिजाइनका कारण नेपाली उपभोक्ता माझ निकै लोकप्रिय छन् । यही माया र सद्भावका लागि धन्यवाद दिने सोचका साथ कम्पनीले विशेष आफ्ना उपभोक्ताका लागि ओपो एफनाइनलाई जेड ग्रिन रंगमा सार्वजनिक गर्ने योजना बनाएको हो ।

हरियो, सेतो र सुनौलो रंगको सम्मिश्रण सहित सार्वजनिकको तयारीमा रहेको जेड ग्रिन वास्तवमै निकै आकर्षक छ । तर, एफनाइनका अघिल्ला संस्करणमा झै यसमा भने फोनको पछिल्तिर डायमण्ड प्याटर्नको प्रयोग नगरिएको झैँ देखिएको छ ।

फोनको अघिल्तिर डिस्प्लेको माथिल्लो भागमा ओपोको सिग्नेचर वाटरड्रप (पानीको थोपा) झैँ देखिने नोचको व्यवस्था गरिएको छ । एफनाइनमा ९०.८ प्रतिशत डिस्प्ले ओगट्ने गरी यस श्रेणीको फोन मध्यकै उच्च स्क्रिन टू बडी रेसियोको प्रयोग गरिएको छ । जेड ग्रिन फोनमा पनि यसैलाई निरन्तर्ता दिइएको देखिन्छ ।

फोनको प्यानललाई कोर्निङ गोरिल्ला ग्लास ६ मार्फत सुरक्षा प्रदान गरिएको छ । कम्पनीको दावी अनुसार गोरिल्ला ग्लास ५का तुलनामा ६ले दोब्बर सुरक्षा प्रदान गर्ने क्षमता राख्छ । फोनमा रहेको नोचमा सेल्फीका लागि २५ मेगापिक्सेलको क्यामेरा र पोट्र्रेर तथा बोके शट्सका लागि १६ एमपीका साथमा २ एमपी डेप्थ सेन्सर सहितका क्यामेराको व्यवस्था गरिएका छन् ।

ओपो एफनाइनमा कम्पनीले प्रोशेसरका रुपमा ४ जीवी र्याम र ६४ जीवी रोमका साथमा मिडियाटेक हिलियो पी ६० उपलब्ध गरिएको छ । फोनको निरन्तर प्रयोगमा सघाउने सोचका साथ कम्पनीले यसमा भोक फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने ३ हजार ५ सय एमएएच क्षमता सहितको ब्याट्री जडान गरेको छ । यसले मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम दिने क्षमता राख्छ ।

मूल्य :

ओपो एफनाइन जेड ग्रिन लिमिटेड एडिसनको मूल्यका बारेमा तत्काल कुनै जानकारी प्राप्त भइसकेको छैन । तथापि, यसको बजार मूल्य अहिले बजारमा उपलब्ध ओपो एफनाइनकै हाराहारीमा हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

ओपो एफनाइन जेड ग्रिन एडिसन सार्वजनिक

img

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले वैश्विक स्तरमै निकै लोकप्रियता कमाएको स्मार्टफोन ओपो ...

ओपोको आर १७ प्रो सार्वजनिक गर्ने तयारी

img

चीनमा आर१७ र आर१७ प्रो सार्वजनकि गरे देखि नै यी स्मार्टफोन अहिले ...

ओपो ए सेवेन प्रवेश, स्वस्तिमाको साथ भव्य ‘चार्ज्ड अप फस्र्ट सेल्स ईभेन्ट’

img

ओपोले निकै प्रतिक्षारत आफ्नो बिगर ब्याट्री फोन ओपो एसेवेनको आधिकारिक रुपमा विक्रि ...

लाङटाङमा रिपिटर टावरको माग

img

पर्यटकीय क्षेत्र लाङटाङ तथा क्याङजेनमा टेलिफोन सेवा सहज बनाउन रिपिटर टावर जडान ...

ओपोद्वारा नयाँ एसेवेनका लागि प्रि-अर्डर सुरुवातको घोषण

img

सेल्फी एक्स्पर्ट तथा लिडर, ओपोले नेपाली बजारमा ए सिरिजका स्मार्टफोन्स अन्तर्गत आफ्नो ...

ओपो, टेकरेडार मोबाइल च्वाइस कञ्जुमरद्वारा ‘वान टू वाच एवार्ड’बाट सम्मानित

img

स्मार्टफोन उद्योगकै अग्रणी ब्राण्ड मध्ये एक, ओपोलाई लंदनमा टेकरेडारद्वारा आयोजित मोबाइल कञ्जुमर ...

पत्रपत्रिका

सबै