शोकमा सिसिपु, अझै ओभाएका छैनन् आँशु (भिडियो/फोटो)

| नुवाकोट

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. १ को अन्तिम गाउँ हो, सिसिपु । यस बस्तीमा विभिन्न समय कालखण्डमा आपतविपतका घट्नाहरू बराम्बार घटिरहेका छन् ।

सदरमुकाम विदुरदेखि ५० किलोमीटर पूर्व विकट गाउँ घोप्टेभिरको काखमा अवस्थित छ । यसै गाउँको शिरमा १९९२ मा थाई विमान दुर्घटना हुँदा १ सय १३ जनाले ज्यान गुमाए ।

२०७२ सालको भूकम्पको पीडा त यस बस्तीले भुलेकै छैन । अहिले यो गाउँ शोकमा डुबेको छ । मंसिर २८ गते घ्याङडाँडामा मिनिट्रक दुर्घटना भयो । सडकबाट करिब ५ सय मीटर भीरबाट खसेको मिनीट्रक खोलामा पुगे । वडा नं. ७ सेम्थाङमा आफन्तको घेवा सकेर फर्किर्दै गर्दा दुर्घटना भएको हो । दुर्घटनाले अकालमै २१ जनाको ज्यान लिए भने १३ जनालाई घाइते बनाए ।

घाइते बिरबहादुर तामाङका अनुसार गाडी खस्यो, खस्यो... भन्ने मात्रै थाहा भयो, एकैचोटि सात मीटर तल ढुङ्गाको चेपमा पुगेछ, उनले त्यसदिनको सम्झना सुनाए । गाडीभन्दा अगाडि नै भीरको चेपमा खसेछ, त्यसपछि माटो धुलोले पुरिएछ, त्यसैमा होस गुमेछ । केही थाहा भएन ।

त्यसैगरी घाइते माइला तामाङले पनि आफूलाई झाडीले बचाएको बताए । भीरको पाखाबाट बिस्तारै केही पर पुगेपछि वेहोस भयो, उनले सुनाए ।

त्यसैगरी छोरा गुमाएका आमाको आँशु रोकिएन र रोकिनेवाला पनि थिएन । आफूले छोरा गुमाउँदाका त्यो दिन दिउसै निष्पट अँध्यारो देखेर होस गुमाइन् । उनीले संसारबाटै एक्लो महसुस मात्र गरिनन्, आफूसमेत जिउँदो लास भएको महसुस गरिन् । भावविह्वल हुँदै आँशुको धारामा हिक्कहिक्क गरी सुनाइन् ।

पुष १४ गते शनिबार दुप्चेश्वर गापाका जनप्रतिनिधिसहित नेपाली कांग्रेसका नेता रामेशकुमार महत, तरुण दल क्षेत्रीय अध्यक्ष यदुमान,वडा नं. ३ का वडाध्यक्ष धुव्रकर केसी लगायतका नेताहरू त्यहाँ पुग्दा सिसिपुका आँखा रसाएका थिए । कसरी सहनु, त्यो क्षण । दैवले एकैदिन टुहुरा र विधुवा बनाएका थिए ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यलै ९ महिनाका सानो नानीलाई बचाउन सफल भएको बताइन् । अहोरात्र खटेर सबै बिरामीलाई चाँडै उद्धार गरेको बताइन् । आफ्नै आँखा अगाडि धेरैले ज्यान गुमाएको प्रत्यक्ष पहिलो पटक देखेको उनले सुनाइन् ।

गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार भौगोलिक अवस्थाका कारण घाइतेहरूलार्इ बचाउन नसकिएको बताए । एक जना घाइते बीच बाटैमा मृत्यु भएको थियो । स्थानीय सरकारको हैसियतले उनले प्रति मृतकका परिवारलाई २५ हजारका दरले राहत दिएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य रमेशकुमार महतले यो सडकको ग्रेड नमिलेको बताए । सडकको अवस्थाले गर्दा आज यो पीडा भोग्नुपरेको छ । अब खन्ने बाटोहरू सडक विभागको मापदण्ड अनुरुप हुनुपर्ने बताए । फेरि दोहोर्याएर यस्तो घटना हुन नदिउँ- उनले भने ।

सरोकारवाला र जनसमुदाय बेलैमा सचेत हुन जरुरी छ । नत्र यस्तो नियति बराम्बार भोग्नुपर्नेछ । यी आमा दिदीबहिनीहरुको आँशु अझै ओभाएका छैनन् ।

प्रतिकृया दिनुहोस्

लोप हुँदै पानीघट्ट

img

आजभोलि समय परिवर्तनसँगै परम्परागत वस्तुको प्रयोगमा पनि परिवर्तन आएको छ । त्यसको ...

नेपाली पहिचान, शिरको टोपी महंगो

img

नेपालीको पहिचान ढाका टोपी । तानमा हातैले बुनेको टोपी महंगो छ । ...

केबीलाई किवीले फर्कायो फाक्थेप

img

काठमाडौं शहर बस्ने मान्छे । एउटा रुखको विरुवा नरोप्ने मान्छे तिमीहरुको जग्गा ...

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

पत्रपत्रिका

सबै