आदिवासी जनजातिको चाडपर्वमा बिदा दिने: मुख्यमन्त्री राउत

विदा माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

| सर्लाही

प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले आदिवासी जनजातिहरुले योभन्दा अगाडि पाउँदै आइरहेको चाडपर्वको सार्वजनिक बिदा प्रदेश सरकारले दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्वर २ समन्वय समितिद्वारा बुधबार मन्त्रीकै कार्यकक्षमा पुगी ज्ञापनपत्र बुझाइएको हो । आदिवासी जनजातिको पहिचानसँग जोडिएको चाडपर्वको सार्वजनिक बिदा दिनुपर्ने माग राखिएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । संघीय सरकारले आदिवासी जनजातिहरुको पहिचानसँग जोडिएको चाडको बिदालाई कटौती गर्नु गम्भिर भूल गरेको मुख्यमन्त्री राउतले बताए । आफ्नो प्रदेशमा जनजातिको बाहुल्यता भएकै आधारमा यस्तो भूल नगरी प्रदेश सरकार उत्पीडित वर्ग समुदायको भावनालाई सम्बोधन गर्न प्रतिवद्ध रहेको बताउँदै थारु, मगर सहितका मधेशमा बसोवास गर्ने समुदायहरुले मान्ने माघी, माघे संक्रान्ति र तामाङ समुदायले मान्ने सोनाम ल्होछारको सार्वजनिक बिदा दिने बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं. २ समन्वय समितिका संयोजक मनोजसिंह दनुवारको नेतृत्वमा प्रदेशका आठै वटा जिल्लाका माघे संक्रान्ति, माघी, ल्होछार, जितिया, समाचकेवा, उधौली उभौली जस्ता चाडहरुको सार्वजनिक बिदा माग गर्दै मुख्य मन्त्रीको कार्यालय जनकपुरमा पुगेर ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्वर २ का सह–संयोजकहरू दिलकुमारी चौधरी, कमलपिठाकोटे मगर, आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ, सिराहाका अध्यक्ष डेनोक मोक्तान, धनुषाका अध्यक्ष जमुना भुजेल, सर्लाहीका अध्यक्ष बुद्धिबहादुर सुनुवार, महोत्तरीका अध्यक्ष महिकरणप्रसाद सिंह थारु, बाराका अध्यक्ष रामदास धौजु लगायत जातीय संगठनका प्रदेशका अध्यक्षहरु, केन्द्रीय पदाधिकारीहरु, महासंघका पूर्व पदाधिकारीहरू गरी आठै वटा जिल्लाका आदिवासी जनजाति अगुवाहरुको उपस्थिति रहेको थियो ।

विभिन्न सात बुँदे माग राखी बुझाइएको ज्ञापनपत्र प्रदेश नम्वर २ का सचिव अर्जुन योञ्जन तामाङले वाचन गरेर मुख्य मन्त्री राउतलाई हस्तान्तरण गरेका हुन । ज्ञापनपत्र बुझाउँदै आदिवासी जनजाति अगुवाहरुले प्रतिक्रिया दिदै शान्तिपूर्ण रुपले राखिएको माग सम्बोधन नभए अझै सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएका छन।

मगर संघले बुझाए ज्ञापनपत्र

नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं. २ समन्वय परिषद भित्रका जातीय संस्था नेपाल मगर संघले पनि बुधबार नै मगर समुदायले मनाउँदै आइरहेको चाडवर्व माघी, माघी सङक्रान्तिको दिन सार्वजनिक बिदा दिइनुपर्ने माग राख्दै छुट्टै ज्ञापनपत्र बुझाएको छ।

नेपाल मगर संघका संघीय सदस्य समेत रहेका सर्लाहीका लेखराम जर्गा मगर र इन्चार्ज कमल पिठाकोठेको नेतृत्वमा रहेका प्रदेशका आठै वटा जिल्लाका मगर संघका प्रतिनिधिहरुको उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाइएको हो।

प्रतिकृया दिनुहोस्

फोनिज प्रदेशको अध्यक्षमा पेमा

img

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ३ को प्रथम महाअधिवेसनबाट अध्यक्षमा काभ्रेका ...

डाजाङको वृत्तचित्र प्रदर्शन 

img

तामाङ डाजाङले ह्रिस्यांगु सेरोफेरोमा साहित्यिक यात्रालाई समेटेर खिचिएको जानकारीमुलक भिडियो एक कार्यकमबीच ...

मातृभाषा दिवस सम्पन्न

img

२० औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पन्न भएको छ । विहीबार नेपाल प्रज्ञा ...

फोनिजले जारी गर्यो १३ बुँदे घाचोक घोषणापत्र

img

माछापुच्छ्रे गाउँपालिका–१ घाचोक (टुसे) मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) राष्ट्रिय भेलाले ...

घेदुङको वडा कमिटी गठन

img

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १५ मा नेपाल तामाङ घेदुङको वडा कमिटी गठन ...

 फोनिज रौतहट शाखाको अध्यक्षमा उपेन्द्र

img

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रौतहट जिल्ला भेला सम्पन्न भएको छ। ...

पत्रपत्रिका

सबै