युवा स्वराेजगार कार्यक्रमले युवालाई कृषि क्षेत्रमा लाग्न हौसला

| धनकुटा

धनकुटाको छथरजोरपाटी गाउँपालिकाले कृषकहरुलाई व्यवसायिक रुपमा विकास गरि कृषि  क्षेत्रमा आत्मा निर्भर गराउने उद्धेशयले वितरण गरिएको युवा स्वरोजगार कोर्ष अन्तर्गत अनुदान कार्यक्रमले कृषकलाई व्यवसायिकरुपमा कृषि क्षेत्रमा लाग्न हौसला मिलेको छ ।

छथरजोरपाटी गाउँपालिका वडा नं ३ काजीमानेका १५ वर्ष परदेश बसेर फकिनु भएका कमल लिम्वु युवा स्वरोजगार कोर्ष अन्तर्गत वितरण गरिएको एक लाख अनुदान पाएपछि व्यवसायिक रुपमा बंगुर पालन व्यवसायमा लागेका छन् ।

उहाँ गाउपालिकाले वितरण गरिएको एकलाख अनुदान पाएपछि वंगुरपालन व्यवसाय प्रति उत्साहिहत हुनु भएको छ ।

शूरुमा एउटा वंगुरको माउ ५ हजारमा खरिद गरी पाल्दै आउनुभएको उहाँले गाउँपालिकावाट युवा स्वरोजगार कोष अन्र्तगतको १ लाख अनुदान पाएपछि खोरहरु थप गरी अहिले १० वटा माउ वंगुर पाल्दै आउनुभएको छ ।

१० वटा माउवाट उत्पादन हुने करिव वार्षिक करिव १ लाख ३५ हजार वढी आफुलाई फाईदा हुने लिम्वुले वताउनुभयो ।

यसअघि १५ वर्ष सम्म भारतको विभिन्न ठाउँहरु हैदराबाद, सिलगुढीमा कामको सिलसिलामा वस्नुभएको लिम्वु सरकारले गाउँका किसानहरुका लागि ल्याएको अनुदान कार्यक्रम मार्फत अनुदान पाएपछि यो व्यवसायमा प्रवेश गर्नुभएको हो ।

यस व्यवसायवाट आम्दानीको हकमा आफु सन्तुष्ट नै रहेको वताउनुहुने उहाँ आगामी दिनमा अझ फर्म विस्तार गर्ने योजनामा हुनुहुन्छ ।

लिम्वुले भन्नुभयो अव फर्म विस्तार गरेर २५ देखी ३० वटा सम्म माउ वंगुर पाल्ने योजनामा छु ।

अहिले लिम्वुको वंगुर फर्म छथरजोरपार्टी गाउँपालिकाकै उत्कृष्ट फर्म भएको गाउँपालिकाको पशुशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

चौबीसै घण्टा आँखा उपचार सेवा सुरु

img

डा.राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले चौबीसै घण्टा उपचार सेवा संचालन ल्याएको ...

आज नुवाकोट बन्द

img

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका ...

गाई भैँसीको दुध दुहुन जान्ने अर्चलेका किसान पैसा दुहुनबाट बञ्चित

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर –५ साविक छातेढुङ्गा –८ अर्चलेका रत्न बहादुर ...

मुलघाटको विकास र समृद्धी पर्यटनबाट सम्भव

img

धनकुटा नगरपालिका-९ स्थित मुलघाटको विकास पर्यटनबाट संभव रहेको माघ ५ गते शनिबार मुलघाटमा ...

ल्होछारमा सांस्कृतिक कार्यक्रमसँगै भलिबल प्रतियोगिता

img

२८५५ औ फाग ल्हो सोनाम ल्होछारको अवसरमा धनकुटाको उत्तरपानिमा वडास्तरीय भलिबल प्रतियोगिता ...

दोलखाको तीन स्कुलका विद्यार्थीलाई झोला वितरण

img

दोलखाली समाज दक्षिण कोरियाले दोलखाको भिमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका र मेलुङ गाउँपालिकाको ...

पत्रपत्रिका

सबै