नेपाली पहिचान, शिरको टोपी महंगो

| पाँचथर

नेपालीको पहिचान ढाका टोपी । तानमा हातैले बुनेको टोपी महंगो छ । बुन्न पनि त्यति नै मेहनत छ । नेपालीको पहिचान बोकेकै कारण ढाका टोपीको मूल्य पनि धेरै महंगो छ । पाँचथर, ताप्लेजुङ र तेह्रथुमका ढाका उद्योगी व्यवसायीहरू एउटा टोपीको मूल्य ५ सयदेखि १५ हजार रुपैँयासम्म पर्ने बताउँछन् ।

पाँचथरमा बनेको ढाका टोपी ३ सयदेखि ७ हजार रुपैँयामा विक्री गर्दै आएको ढाका व्यवसायी तथा याक्थुङ खेस ढाका उद्योगका सञ्चालक दिलकुमारी फागोले बताइन् । त्यस्तै ताप्लेजुङकी व्यवसायी मात्रिका देवी प्रसाइँका अनुसार ताप्लेजुङमा ५ सयदेखि २ हजारमा तयारी टोपी बिक्री हुन्छ । तर तेह्रथुमको ढाका कपडाको मूल्य यी जिल्लमाभन्दा निक्कै उच्च छ । तेह्रथुमे ढाकाले अन्तर्राष्ट्रिय बजारको मन जित्न सफल बनेकै कारण होला तेह्रथुमे ढाका कपडाबाट तयार पारिएको टोपीको मूल्य ५ सयदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको उज्वलता ढाका उद्योगीकी सञ्चालिका उज्वलता लिम्बुले बताइन् । त्यति मंहगो भए नि ढाका टोपी जिल्ला भित्रको ग्राहकलाई नै पुर्याउन धौधौ हुने लिम्बु बताउँछिन् ।

सर्वसाधारणदेखि उच्च ओहोदाको रुची नै हातैले बुनेको ढाका टोपी पहिरिन रुचाउँछन् । जति राम्रो बुट्टा उतार्न सकियो त्यति महंगोमा बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् । तयार पारेपछि बिक्री हुन्न भन्ने शंका नै रहन्न भन्छिन् याक्थुङ खेसा उद्योगकी सञ्चालक दिलकुमारी फागो । इलामकी न्यू सम्झना ढाका उद्योगकी सञ्चालक देविका इदिङ्गोले पनि १ सयदेखि ८ हजारसम्मको ढाका टोपी बिक्री गर्दै आएकी छिन् ।

देशविदेशका नेपालीलाई ढाका टोपीकै मोह

तेह्रथुमे उज्वलताले हंङकङ, मलाय, सिंगापुर, अमेरिका लगायत देशमा बसोबास गर्दै आएका नेपालीहरू ढाकाको सामग्री माग गर्छन् । अरु सामाग्री सारी, दौरासुरुवाल, पछ्यौरा बुन्नुपर्ने भएर पनि टोपी बुन्न समय नमिल्ने बताइन् । कामदारहरु पनि टोपीभन्दा छिटो र सजिलो सामाग्री नै बनाउन रुचाउने गर्छन् । तर पनि जिल्लाभित्र नै दिनमा ५ देखि १० वटासम्म टोपी बिक्री हुने गरेको छ । त्यस्तै इलाममा वि.सं. २०५५ सालबाट न्यू सम्झना ढाका उद्योग सञ्चालन गर्दै आएकी देविकाले पनि दिनको १५ वटासम्म ढाका टोपी बिक्री गर्दै आएको बताइन् । यस्तो महंगोमा बिक्री हुने ढाका टोपी बुन्न भने गाह्रो छ । धागो पनि महंगो छ । बुन्न पनि समय धेरै लाग्ने, आँखा छिट्टै कमजोर हुने भएकाले टोपी तयार गर्न निक्कै गार्‍हो हुने गरेको उज्वलता बताउँछिन् ।

ढाका टोपीले निकै व्यापक विशेषता बोकेको छ । एउटा मितेरी साइनो गाँस्न टोपी चिनो साटिन्छ । नयाँ ज्वार्इको लागि चिनो टोपी दिइन्छ । सम्धिलाई सम्धिले दिने चिनो पनि टोपी । केलाङ र साकेला नाचको प्रदर्शनमा पनि टोपी स्वभायमान हुन्छ । अनि विविध सांस्कृतिक परम्परामा पनि टोपी नै प्रयोग हुन्छ । नेपालीका लागि महान नेतागणदेखि साधारणसम्म पनि टोपीको महत्व छ । अब ढाका कपडा बुन्ने महिलाहरुको मेहनतलाई कदर गर्न निक्कै आवश्यक छ । ढाका उद्योगको बैधानिक प्रावधान विस्तार गर्न जरुर रहेको इलामकी देविका बताउँछिन् । यस्तो महत्वपूर्ण सामग्री हातैले बनाउन सफल महिलालाई व्यवसायिक विस्तारमा सरिक गराउन देवीका माग गर्छिन् ।

प्रतिकृया दिनुहोस्

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

पत्रपत्रिका

सबै