कुवेतमा तमु ल्होसार मनाइयो

| कुवेत

तमु समाज कुवेतले तमु ल्होछार मनाइएका छन् ।“प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु"अर्थात शास्त्र हराए संस्कृति हराउछ,संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए अस्तित्व हराउछ”भन्ने मुल नाराका साथ कुवेतमा आफ्नो कर्मथलो बनाउँदै आएका तमूहरुले कुबेतस्थित ईन्डियन पब्लिक स्कुलमा शुक्रबार २८ डिसेम्बरमा ल्होसार मनाइएको हो ।

तमु (गुरुङ) जातीको भाषा,भेषभुषा,कला,संस्कृति र पहिचानको जगेर्ना गर्ने,भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र तमु एकताको बातावरण सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको तमु समाज कुबेतले स्थापना कालदेखिनै तमू ल्होसारलाई निरन्तरता दिएको हो ।

समाजको उपाध्यक्ष यम तमु,सदस्य सुसिल तमु र रन्जना तमुस्योले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष राजु तमुको सभापतित्वमा सम्पन्न भएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका महामहिम राजदूत यज्ञबहादुर हमाल रहेका थिए ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथिहरुमा रिता हमाल, राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङदेन,अतिथिहरुमा विभिन्न संघसंस्थाका प्रतिनिधि,पत्रकार,बुद्धिजीवी,कलाकार,व्यवसायी,समाजसेवी लगायत रहेका थिए ।

प्रतिकृया दिनुहोस्

कोरियामा नेपाल आइडल आउँदै

img

नेपाल आइडल दोस्रो सिजनका बिजेताहरुको बेजोड प्रस्तुति फेब्रुअरी ५ गते कोरियामा हेर्न ...

रियादमा सोनाम ल्होछार मनाइयो

img

साउदीमा २८५५ औं सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जनवरी १८ ...

मृतकको परिवारलाई एनआरएनए साउदीद्वारा आर्थिक सहयोग

img

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दा साउदीले मृतकको परिवारलाई आर्थिक ...

विश्वकर्मा समाज साउदीको प्रथम वार्षिकोत्सब सम्पन्न

img

एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदीले प्रथम वार्षिकोत्सब सम्पन्न गरेको छ । समाजले ...

साउदीमा एक नेपालीले गेरे आत्महत्या

img

वैदेशिक रोजगारीका सिलसिलामा साउदी आएका एक नेपालीले आत्महत्या गरेको छ । जेद्धास्थित इनिसियल ...

जापानमा 'सेर्कु' प्रदर्शनको तयारी

img

तामाङ चलचित्र 'सेम ताबा म्ही' ले अमेरिकाको भएको "फेडरेशन अफ इन्डिजेनस पिपुल्स ...

पत्रपत्रिका

सबै