सिराहामा ठूलो मात्रामा लागुऔषध बरामद

अबैध रुपमा समान ओसारपसार गर्ने ट्रक नियन्त्रणमा

| सिरहा

जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रवार मोटरसाइकलसहित ठुलो मात्रामा लागूऔषध बरामद गरेको छ ।

प्रहरीले सिरहा नगरपालिका–७ का भित्री सडकखण्डबाट स २ प ९६२६ नम्बर मोटरसाइकल र त्यही मोटरसाइकलबाट झोलामा राखिएको डाइलेक्स डिसी लेखिएको सय एमएलको १११ बोतल प्रतिबन्धित लागूऔषध बरामद गरेको हो । बरामद गरिएको लागूऔषध र मोटरसाइकल जिल्ला प्रहरीमा ल्याई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले सिरहा नगरपालिका–१७ दशगजाबाट बिआर १ जिए ४३१५ नम्बरको भारतीय ट्रकमा लोड गरिएको २१० बोरा हरियो मटरसहित ट्रक नियन्त्रणमा लिएको छ । शंकास्पद ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसी माधवराज खरेलले जानकारी दिए । उनका अनुसार बरामद गरिएको हरियो मटर र सवारी साधन आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ ।

प्रतिकृया दिनुहोस्

ताम्राजल, घरघरमा स्वास्थ्य कार्यक्रम

img

धनकुटामा घरघर स्वास्थ्य कार्यक्रम अन्तर्गत ताम्राजल सार्वजनिक सुनवाइ सम्पन्न भएको छ । ...

सुदूरपश्चिम सरकार मौन

img

सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसद्हरुले विकास योजना र कार्यक्रमबारे ...

सदन र सडकबाट आन्दोलन गर्ने कांग्रेसको चेतावनी 

img

सरकारले पेस गरेको राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक सदनबाट पास हुन नदिने ...

वडा सदस्यले गरे बलात्कार

ओखलढुंगाको लिखु गाउँपालिका–३ का वडा सदस्य ५० वर्षीय विष्णुभक्त श्रेष्ठले एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । ती किशोरीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा आज शनिबार उजुरी दर्ता ...

वडा सदस्य आफैले मान्छे कुटे

घोराही उपमहानगरपालिका वडा नं. १९ का वडा सदस्य जंगबहादुर रोकाले लखेटी लखेटी मान्छे कुटेका छन् । वडा सदस्य रोकाले वडा नं. १८ निवासी २८ बर्षीय श्यामलाल सुनारलाई लखेटी लखेटी चिर्पटले ...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

img

सर्लाहीको बरहथवामा बिहीबार राती श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको छ ...

पत्रपत्रिका

सबै