सेतीदेवि माबिका भुपू बिधार्थी समूह गठन

| काभ्रे, तेमाल

सेतीदेवि माध्यमिक विद्यालयको भुपु बिधार्थी समूह गठन गरिएको छ । उक्त विद्यालयमा पढीसकेका तेमाल ८ ल्होङ्सालका विद्यार्थीहरुको समूह गठन गरिएको हो ।

काभ्रे जिल्ला तेमाल गाउँपालिका ८ ल्होङ्सालमा अबस्थित सेती देवि माविमा गाउँको सर्वहारा बर्गको छोराछोरी अध्ययन गर्दछन् । गाउँको एकमात्र विद्यालय भएकोले सबै यसै विद्यालयमा पढ्छन् । पछिल्लो समय आएर विद्यालयको अवस्था नाजुक हुँदै गाएको छ । गुणस्तरिय शिक्षा प्रदान गर्न र विद्यालयको भौतिक क्षेत्रमा समृद्ध र सम्पन्न बनाउन स्थानिय समाजसेवी, शिक्षाप्रेमी, विद्यालय ब्यबस्थापान समितिका पुर्व अध्यक्षहरु, सदस्यहरु र जनप्रतिनिधिहरुको उपस्थितिमा भूपू विद्यार्थी समूह गठन गर्न सकेका छन् ।

भूपू समुहको अध्यक्षमा सुर्य बहादुर लामा, सचिव सुकमान तामाङ, कोषध्यक्ष लनाम सिङ तामाङ, सदस्यहरु सीता तामाङ, रामसाली तामाङ, कान्छामान तामाङ, कुमार सिङ तामाङ रहेका छन् । विद्यालयको अहिलेको नाजुक अबस्थालाई हटाएर गुणस्तरिय शिक्षा प्रदान गर्नु र समृद्ध बनाउनु लागि भूपू विद्यार्थी समूह गठन गरेको हो ।

गठन गर्न पहल भुपु विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुकमान तामाङ, कान्छामान तामाङ, भुपु प्रधानध्यापक सुर्यबहादुर लामा, भुपु विद्यालय ब्यबस्थापन समिति सदस्य मिम बहादुर तामाङ, सदस्य देवसिङ तामाङ, स्थानिय समाजसेवी कुमार सिङ् तामाङ लगायतको सक्रियतामा गठन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

चौबीसै घण्टा आँखा उपचार सेवा सुरु

img

डा.राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले चौबीसै घण्टा उपचार सेवा संचालन ल्याएको ...

आज नुवाकोट बन्द

img

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका ...

गाई भैँसीको दुध दुहुन जान्ने अर्चलेका किसान पैसा दुहुनबाट बञ्चित

img

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर –५ साविक छातेढुङ्गा –८ अर्चलेका रत्न बहादुर ...

मुलघाटको विकास र समृद्धी पर्यटनबाट सम्भव

img

धनकुटा नगरपालिका-९ स्थित मुलघाटको विकास पर्यटनबाट संभव रहेको माघ ५ गते शनिबार मुलघाटमा ...

ल्होछारमा सांस्कृतिक कार्यक्रमसँगै भलिबल प्रतियोगिता

img

२८५५ औ फाग ल्हो सोनाम ल्होछारको अवसरमा धनकुटाको उत्तरपानिमा वडास्तरीय भलिबल प्रतियोगिता ...

दोलखाको तीन स्कुलका विद्यार्थीलाई झोला वितरण

img

दोलखाली समाज दक्षिण कोरियाले दोलखाको भिमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका र मेलुङ गाउँपालिकाको ...

पत्रपत्रिका

सबै