फिदिममा बेवारिसे महिला फेला

| पाँचथर, फिदिम

पाँचथरको फिदिममा वेवारिसे एक महिला फेला परेकी छिन् ।

फिदिम नगरपालिका वडा नम्बर –४ वेयलफेर नजिक बस्ने नेपाल जनउद्धार संघ पाँचथरका उपाध्यक्ष गीता गुरुङले आफ्नो नाम बुदुना बताउने एक महिला फेला पारेकी बताइन् । उनलाई बिगत ६/७ दिन अघि फिदिम बजारमा बेवारिसे भइ हिडिरहेको र नाम सोध्दा बुदुना भन्ने,घर पाँचथर नेपाल भन्ने गरेकोले कोही कसैको आफन्त होला र खोजी गर्ने आउलान भन्ने सोचेर आफ्नै घरमा राख्दै आएको गुरुङले बताइन् ।

ती महिलाको विवाह पनि भएको हुन सक्ने आशंका रहेको नेपाल जनउद्धारसंघ पाँचथरकी कार्यकारी निर्देशक क्ष्योमाया तामाङले बताए । घर पाँचथर नेपाल भन्ने, छोराछोरी दुइवटा छन् भन्ने, बुवाको नाम गोपाल तामाङ, आमाको नाम तुलमाया र श्रीमानको नाम थाहा नभएको बताउने गरेको तामाङले बताइन् । उनलाई चिन्ने र देख्ने महानुभावहरुले आफन्तसम्म सुचना पुगोस भन्नका लागि सामाजिक सन्जाल फेसबुकमा पनि फोटो राखिएको उनीहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

ताम्राजल, घरघरमा स्वास्थ्य कार्यक्रम

img

धनकुटामा घरघर स्वास्थ्य कार्यक्रम अन्तर्गत ताम्राजल सार्वजनिक सुनवाइ सम्पन्न भएको छ । ...

सुदूरपश्चिम सरकार मौन

img

सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसद्हरुले विकास योजना र कार्यक्रमबारे ...

सदन र सडकबाट आन्दोलन गर्ने कांग्रेसको चेतावनी 

img

सरकारले पेस गरेको राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक सदनबाट पास हुन नदिने ...

वडा सदस्यले गरे बलात्कार

ओखलढुंगाको लिखु गाउँपालिका–३ का वडा सदस्य ५० वर्षीय विष्णुभक्त श्रेष्ठले एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । ती किशोरीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा आज शनिबार उजुरी दर्ता ...

वडा सदस्य आफैले मान्छे कुटे

घोराही उपमहानगरपालिका वडा नं. १९ का वडा सदस्य जंगबहादुर रोकाले लखेटी लखेटी मान्छे कुटेका छन् । वडा सदस्य रोकाले वडा नं. १८ निवासी २८ बर्षीय श्यामलाल सुनारलाई लखेटी लखेटी चिर्पटले ...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

img

सर्लाहीको बरहथवामा बिहीबार राती श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको छ ...

पत्रपत्रिका

सबै