गोल्फुभञ्ज्याङलाई शैक्षिक सामग्री बितरण

दुप्चेश्वरको आँखामा पर्यटन पदमार्ग गोल्फुभञ्ज्याङ

| सिन्धुपाल्चोक

नेपाली काङ्ग्रेसका नेता पुर्ब अर्थमन्त्री रामशरण महतले यस क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि सफलता हासिल गरेकोमा गोल्फुभन्ज्याङ माबिलाई धन्यवाद दिए ।

शुक्रवार नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित गोल्फुभन्ज्याङ माध्यमिक बिद्यालयमा हेल्प नेपालद्वारा शैक्षिक सामग्री बितरण कार्यक्रममा महतले सो कुरा बताएका हुन् । उनले भने- आजको युग भनेको ज्ञानको युग हो । अहिले सूचना प्रबिधिको युग हो, राम्रो शिक्षा हासिल गर्नुहोस, देश विकास गर्नुछ । अहिले ज्ञान स्रोत रेडियो, टिभी, ईन्टरनेट लगायत धेरै छन् ।

यहि क्षेत्रमा कृषि, पर्यटनको सम्भावना छन, कृषि ब्यवसायलाई अघि बढाउन पुर्बमन्त्री महतले अनुरोध गरे । यसैगरी यही क्षेत्रको जनप्रतिनिधि भएकोले यहाँको सडकमा पनि लगानी गरेको बताए । अझै कालोपत्रे गर्नको लागि लगानी गर्ने प्रतिबद्धता गरे ।

काङ्ग्रेस महासमिति सदस्य रमेशकुमार महतले बिगतको पुस्ताले निकै अप्ठ्यारोमा शिक्षा ग्रहण गरे । अहिले सहज भएको बताए । उनले भने जबसम्म शिक्षाको बिकास हुन सक्दैन, तब बिकासको ढोका खुल्दैन।

कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योबिन्द्र सिंह तामाङले शैक्षिक सुदृढीकरण कार्यबिधि बनाएको बताए । उनले थपे- छात्रवृत्ति र प्राविधिक शिक्षाको लागि गाउँपालिकाले बजेट ब्यवस्था गरेको जानकारी दिए । त्यस्तै सोही वडा न ४ का वडाध्यक्ष इरमान तामाङले सबैले शिक्षा पुगोस भनी कक्षा ८ पास नगर्नेलाई वडाबाट जन्मदर्ता लगायतका विभिन्न सिफारिस नदिने निर्णय गरेको बताए । यसले गाउँमा भएका सबैलाई स्कुलमा जानलाई प्रेरित गर्ने उनले बताए ।

 कार्यक्रममा हेल्प नेपालका अध्यक्ष तथा महासमिति सदस्य जिमी लामाले शिक्षामा निरन्तर दिइयोस भनि प्रेरणास्वरुप शैक्षिक सामग्री बितरण गरेको बताए । हेल्प नेपालले गोल्फुभन्ज्याङका ३ सय ४ विद्यार्थीलाई झोला, कापी, कलम लगायतका सामग्री पुर्ब अर्थमन्त्री महतबाट प्रदान गरिएको हो ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति सदस्य साम्देन शेर्पा, तरुण दल क्षेत्रीय अध्यक्ष यदुमान लामा, दुप्चेस्वर-४ का सदस्य भिमबहादुर गुरुङ, जिल्ला समन्वय समिति सदस्य माया शेर्प, हेलम्बु-५ का सदस्य बिर्जित तामाङ,प्रमुख प्रशासकीय अधिकृत रामहरी गजुरेल लगायत रहेका थिए ।कार्यक्रममा तामाङ, गुरुङ र शेर्पा भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै विद्यालय ब्यवस्थापन समिति अध्यक्ष मानबहादुर योन्जनको सभाध्यक्षामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गोल्फुभन्ज्याङका प्रधानाध्यापक बाबुराम थापाले स्वागत गरे भने सन्चालन सहायक प्रधानाध्यापक दिननाथ न्याैपानेले गरेका थिए ।

स्मरणीय रहोस् सुन्दरीजलदेखि गोसाइँकुण्ड जाने पर्यटन पदमार्गको मध्ये भागमा पर्छ गोल्फुभन्ज्याङ । बिगतमा सरकारको आँखा नपरेकाे यस ठाउँलाई दुप्चेश्वर गाउँपालिका लागि परेका छन् । याे समुद्री सतहदेखी २ हजार ३ सय मिटर उचाइमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

ताम्राजल, घरघरमा स्वास्थ्य कार्यक्रम

img

धनकुटामा घरघर स्वास्थ्य कार्यक्रम अन्तर्गत ताम्राजल सार्वजनिक सुनवाइ सम्पन्न भएको छ । ...

सुदूरपश्चिम सरकार मौन

img

सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसद्हरुले विकास योजना र कार्यक्रमबारे ...

सदन र सडकबाट आन्दोलन गर्ने कांग्रेसको चेतावनी 

img

सरकारले पेस गरेको राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक सदनबाट पास हुन नदिने ...

वडा सदस्यले गरे बलात्कार

ओखलढुंगाको लिखु गाउँपालिका–३ का वडा सदस्य ५० वर्षीय विष्णुभक्त श्रेष्ठले एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । ती किशोरीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा आज शनिबार उजुरी दर्ता ...

वडा सदस्य आफैले मान्छे कुटे

घोराही उपमहानगरपालिका वडा नं. १९ का वडा सदस्य जंगबहादुर रोकाले लखेटी लखेटी मान्छे कुटेका छन् । वडा सदस्य रोकाले वडा नं. १८ निवासी २८ बर्षीय श्यामलाल सुनारलाई लखेटी लखेटी चिर्पटले ...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

img

सर्लाहीको बरहथवामा बिहीबार राती श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको छ ...

पत्रपत्रिका

सबै