जीवनस्तर उकास्न प्राविधिक शिक्षा आवश्यक– मन्त्री साह

| सिराहा

मानिस कर्मचारी बन्न नसकेपछि शिक्षक बन्छन् । शिक्षक बन्न नसकेपछि राजनीतिकतर्फ लाग्छन् । तर, म भन्छु यो २१ औं शताब्दी प्राविधिक शिक्षाको युग हो । यसैले शिक्षामा टप गर्नेलाई प्राविधिक शिक्षामा ल्याएर विश्व मापदण्डमा अगाडि बढ्नुपर्ने प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले बताए ।

बिहीबार लहानमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्द्वारा आयोजित ३६ औं व्यवस्थापन समिक्षा गोष्ठीमा बोल्दै मन्त्री साहले विना प्राविधिक शिक्षाले मानिसको जीवन उठ्नै नसक्ने बताए । त्यसैले प्राविधिक शिक्षकहरुले पनि आफ्ना समय अनुरुप परिवर्तन ल्याउँनुपर्छ– उनले भने ।

मन्त्री साहले प्राविधिक शिक्षालाई के के गरेर अगाडि बढाउनुपर्छ, त्यसको लागि प्रदेश २ सरकार पछाडि नहट्ने प्रतिबद्धता गरे । प्रदेश २ कै युवाहरू अधिकत वैदेशिक रोजगारमा रहेकोले उनीहरुलाई उचित सीप दिएर आर्थिक सवलतातर्फ लैजान प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका रहने उनले बताए ।

संघीय व्यवस्थाको तीन तहको सरकारमा संघीय विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयका मन्त्रीले शिक्षालाई गृह मन्त्रालयमा थन्क्याएर न्याययोचित कार्य नगरेको आरोप समेत मन्त्री साहले लगाए ।

उनले सिटिईभिटीले यस वर्ष ६ हजार प्राविधिकलाई ट्रेण्ड गर्न लागेको जानकारी गराउँदै प्रदेशको प्राविधिक शिक्षाको व्यवस्था अब प्रदेश सरकारले आफै गर्ने दाबी बताए । मन्त्री साहले आफ्नो प्रदेशको जनताको लागि प्राविधिक शिक्षालाई अगाडि बढाउने विषयमा चिन्तन गर्दै देशकै २६ प्रतिशत जनसंख्या ओगटेको प्रदेशलाई प्राविधिक शिक्षा मात्र दिन सकिए देश तथा विदेशमा राम्रो आर्थिक उन्नति गर्न सकिने बताए ।

प्रतिकृया दिनुहोस्

साना लगानीका संचारमाध्यमले गरे पन्ध्र बुँदे घोषणापत्र जारी

img

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम ...

प्रज्ञामा पुस्तक प्रदर्शनी  शुरू

img

नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आइतवारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु ...

भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव 

भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रविन परियारले साढे तीन लाख बराबरको मोबइल भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ...

बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क

img

काठमाडौको बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क वितरण गरेको छ । ...

गोासाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ तामाङलाई निशान पदक प्रदान

img

ऐतिहासिक स्थल रसुवागढीमा राष्ट्रिय झण्डा प्रतिस्थापन र रात्रीकालिन अवतरण गर्न मिल्ने हेलिप्याड ...

लाङटाङ पदमार्गलाई डा. प्र्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा

img

धुन्चे २६ किलो मिटरमा रहेको स्याफ्रु वेशी क्याङजिङ पदमार्गलाई गा. प्रल्हाद योञ्जन ...

पत्रपत्रिका

सबै