ल्होछार, उभौली, उधौलीमा बिदाको माग गर्दै राजदूतलाई ज्ञापन-पत्र

| दक्षिण कोरिया

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया प्रवास शाखाले विभिन्न समुदायको चाडहरुमा नेपाल सरकारले कटौती गरेको बिदाको माग गर्दै राजदुतलाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघका पदाधिकारी र सबै जातीय नेताहरु आइतबार सउलमा रहेको नेपाली दूतावासमा पुगी सामुहिक रुपमा नेपाल सरकारका नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहलाई एक पेजको ज्ञापनपत्र बुझाएको हो । जनजाति समुदायको मौलिक पर्व सोनाम ल्होछार, ग्याल्बो ल्होसार, तमु ल्होसार, माघी, माघी संक्रान्ती तथा उभौली, उधौलीमा दिदै आएको एकएक दिनको बिदालाई विभिन्न बहानामा सरकारले कटौती गरेको बिदालाई पुनः बिदा दिनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ । बिदा कटौतीले जातीय पहिचानमाथी चोट पुर्‍याउने खालको अन्याय, विभेद गरेको महासंघको भनाइ छ ।

महासंघले आदिवासी जनजातिहरुको माग सम्बोधन नभएसम्म जुनसुकै कदम चाल्ने भनाई छ । राजदुत सिंहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुर्‍याउने प्रतिबद्ध व्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस्

फोनिज कोरियाले जातिय पहिचान बारे संवाद गर्ने

img

कारियामा रहेका जातिय संस्थाहरुको प्रतिनिधिहरुलाई मञ्चमा राखेर यही जुन ३० तारिख संवाद ...

आदिवासी जनजाति चलचित्र महोत्सव हुँदै 

img

चलचित्रको माध्यमबाट आदिवासी जनजातिको मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्पराको संरक्षण, प्रवद्र्धन ...

आइटिसीको सम्मेलन थाइल्याण्डमा

img

अन्तराष्ट्रिय तामाङ परिषद (आइटिसी) को पूर्वी क्षेत्रिय समितिको सम्मेलन थाइल्याण्डमा हुने भएको ...

विद्यालयमा शेर्पा भाषा 

img

खिजिकाती–९ स्थित छेर्मादिङ पात्लको शिवालय माविमा शेर्पा भाषाको शिक्षण शुरु गरेको छ ...

तामाङ डाजाङ १८ बर्षमा

img

तामाङ डाजाङ १८ बर्षमा प्रवेश गरेको छ । २०५८ माघ पहिलो हप्ता ...

छ्योइफेलिङ गोन्पामा प्राणप्रतिष्ठा सम्पन्न

img

छ्योइफेल कुन्देलिङ गोन्पाको ह्राप्ने (प्राण प्रतिष्ठा) र छेवाङ पुजा सम्पन्न भएको छ ...

पत्रपत्रिका

सबै