२००७ सालकाे क्रान्तिमा जीवन आहुती दिनेहरुको हिसाब भएन

| काठमाडौं

म अहिले ८८ वर्ष पुगेँ । अस्ताउन लागेको, डाँडामाथिको घाम । नेपालगंज बस्छु । तामाङ हुँ । मातृभाषा जान्दिन, तामाङ रीतिथिति पनि जान्दिन । म जहाँ बस्छु त्यहाँ लामा पाउँदैन, ताम्बा पनि छैनन् । बाहुन ल्याएर विवाह र मृत्यु संस्कारका कार्यहरु गर्छौ हामी ।

मेरो पुख्र्यौली थलो दोलखा जिल्लाको मकैबारी हो । मेरो बाजे सानै उमेरमै प्रवास (भारत) लाग्नु भएछ । हामी दार्जिलिङमै जन्मै, हुर्कियौं । उतैको हावापानी, सहनसहनसँग घुलमिल भयौं, शिक्षादिक्षा पनि उतै प्राप्त गरौं । बंगला भाषा जानेँ, उर्दु जानेँ, बरु अंग्रेजी जानेँ । तर, आफ्नो मातृभाषा र रीतिथिति जानिन । आफ्नो भाषाबारे अनविज्ञ हुँदा बडो दुःख लाग्छ, मन भारी हुन्छ । 

विद्यार्थीकालमै म राजनीतिमा लागेँ । राजनीतिमा लागेकै कारण कहिले बनारस, कहिले कलकत्ता त कहिले नेपाल । एक ठाउँमा बस्नै पाइएन । यो मेरो बाध्यता थियो । आफ्नो मातृभाषा र संस्कृति किक्ने मौका नै पाइएन । नेपाल आएपछि पनि नेपालगंज जस्तो ठाउँमा बस्न पुगियो जहाँ तामाङसँग होइन मुसलमानहरुसँग नजिकिन पुगेँ । त्यसैले पनि आफ्नो मातृभाषा र संस्कृतिबाट अलगथलग भएँ । 

पाँच छ सालतिरको कुरा हो जतिबेला म जनमुक्ति सेनामा लागेर नेपालका गाउँवस्तिहरु घुमेँ र तामाङहरुलाई देखेँ । त्यतिबेला तामाङहरुको स्थिति ज्यादै दयनिय थियो । तामाङहरु मात्र होइन सारा नेपालीहरुका हालात खराब थिए । देशमा राणाहरुको हुकुमी शासन थियो । उनीहरुका विरुद्ध बोल्ने कुरा नै थिएन । नेपालका गाउँ, बस्तिहरुमा स्कुल खुलेकै थिएन । दार्जिलिङमा समेत हाइस्कुलसम्मको मात्र पढाइ हुन्थ्यो । त्यसभन्दा माथिको शिक्षा प्राप्त गर्न कलकत्ता, वनारस जानु पथ्र्यो । अहिले जसरी बोल्न पाइने कुरौ थिएन । लुगाफाटा पनि अहिलेको जस्तो कहाँ लगाउन पाइन्थ्यो र ? त्यसैले राण शासन फाल्नका लागि जनमुक्ति सेना गठन भयो, म पनि जनमुक्ति सेनामा लागेँ ।

जनमुक्ति सेनामा भूतपूर्व सैनिकहरु थिए । आम मानिसहरु पनि थिए । जनजातिहरु पनि धेरै थिए । माथिनै भनिसकेँ म जनमुक्ति सेनामा लाग्दा विद्यार्थी नै थिएँ । पूतपूर्व सैनिकहरुको काम जनमुक्ति सेनामा भर्ना भएकाहरुलाई सैन्य तालिम दिनु हुन्थ्यो । म त भूतपूर्व लाहुरे थिएन । मेरो काम के त ? पढेलेखेको थिएँ । त्यसैले होला मलाई जनमुक्ति सेनामा आएदेखि नै माइनुट लेख्ने, चिठ्ठी पत्र तयार गर्ने र अफिसियल काममा लगाई दियो । 

नेपालमा राणहरुको २४ पल्टन थियो त्यतिबेला । सशस्त्र क्रान्ति भयो । जनमुक्ति सेनाले २४ पल्टनलाई पराजित गरेर राणाशासन फाल्यो, प्रजातन्त्रको आयो । क्रान्ति सफल भएपछि प्रजातन्त्रका लागि जीवन आहुती दिने सहितहरुलाई बिर्सिदै गए । यो कुरा मैले पुस्तकमा पनि लेखेको छु । म लेख्ने मान्छे त होइन तर बाध्यताले पुस्तक लेखेँ, नलेखि नहुने भएर लेखेँ । भनिन्छ नि हनुमानजीले सीता लङ्कामा छ भनेर पत्ता लगाए फेटा त अरुले नै बाँधे । त्यस्तै भयो । क्रान्तिमा जीवन आहुती दिनेहरुको हिसाब भएन फाइदा आरुले नै थिए । 
मैले अहिले मोटामोटी हेर्दाखेरी त्यस बेला क्रान्तिमा लागेर राणा शासनको विरुद्ध जीवन आहुती दिने २७ जना सहिदहरुलाई राज्यले बेवास्ता गरेको छ । चरिकोट, मेलुङ र मागादेउराली भञ्ज्याङमा मुठभेड हुँदा १५/१६ जना तामाङहरु मरे । अहिले मोटर दुर्घाटनामा परी मरेकालाई सहिद घोषणा गरेर १० लाख दिने सरकारले मुलुक परिवर्तनका लागि ज्यान आहुती दिनेलाई सहिदसम्म घोषणा गर्न सकेनन् । 

क्रान्ति सम्पन्न भएको पनि ७० वर्ष पुग्न लाग्यो । कृष्णप्रसाद भट्टराईको नेतृत्वमा राजनीतिक पिडितको नाममा राहत बाडे । अहिलेसम्म राहतको नाममा सरकारी ढुकुटीबाट १६ करोड रुपैया खर्च गरिसकेका छन् । 

कृष्णप्रसाद भट्टराईसँग राजनीतिक पिडितको नाममा राहत वितरणको कुरालाई लिएर टक्कर पर्यो त्यतिबेला । त्यतीबेला उनीहरुले राजनीतिक पिडितको परिभाषा जो मान्छे पाँच वर्ष जेल बसे, पाँच वर्ष प्रवासमा बसे त्यो राजनीतिक पिडित भनेर गर्यो । लडाईं त १ सय दिन मात्र बस्यो । एक सय दिनमा काठमाडौं बाहेक सारतिर क्रान्ति सकियो । अब जनमुक्ति सेना त पाँच वर्ष जेल बस्ने, पाँच वर्ष प्रवास बस्ने त कुरै आएन । उनीहरुले राहत रकम पाउनबाट बन्चित भयो । अहिले मेरो भनाई त्यही हो, गिरिजा प्रसाद कोइराला हामी सँगैको हो उहाँलाई पनि मैले कति पटक भनि सकेँ । १६ करोड बाँड्नु भनेर दिएको गर्दिएन भने उनले । म यसैको लाठि लडिरहेको छु, अहिले यो उमेरमा पनि म यसैका लागि पटक पटक काडमाडौं धाइरहेको छु ।

तापाईहरुले प्रजापरिषद् नाम सुन्नु भएकै होला । प्रजापरिषद् नाम छ, पार्टी अस्तित्वमा छैन । पजापरिषद् छ तर कोमामा जस्तो छ । नेपालमा प्रजातन्त्र आयो, देउवा प्रधानमन्त्री भए । मैले शेरबहादुर देउवालाई जनमुक्ति सेनामा सहादत प्राप्तहरुलाई राहत देउ भनेर भने देउवाले जनमुक्ति सेना भनेको बालठकरे हो भन्छ । देउवा राणा शासनकालमा प्रधानमन्त्री हुन सक्थ्यो ? जसको ढाडमा चढेर प्रधानमन्त्री भयो उसैलाई बाल ठाकरे भन्ने ? इतिहासलाई भुल्ने काम भएको छ ।

अस्ति भरखरै हेडक्वाटरमा नेपाल प्रहरी दिवस मनायो । नेपाल प्रहरीको अग्रज भनेको पनि जनमुक्ति सेना नै हो । जनमुक्ति सेना पछि रक्षादल बनायो त्यही रक्षादल पछि नेपाल प्रहरीमा परिणत भयो । नेपाल प्रहरीको जग बनाउने जनमुक्ति सेना हो । कग्रेसले त जनमुक्ति सेनाको ज पनि भन्न बोल्न मान्दैनन् । जनमुक्ति सेना बारे लेख्दा भोलुमका भोलुम लेख्नु पर्छ । तर नेपाल पुलिसले आफ्नो इतिहासमा एक प्याराग्राप लेख्न पनि कन्जुस्याँइ गर्छ ।
(तामाङ डाजाङको नियमित मासिक साहित्यिक गोष्ठीमा व्यक्त मन्तव्यको आधारमा)

प्रतिकृया दिनुहोस्

स्थानीय स्रोतमा आदिवासी जनजातिहरुको पहुँच 

img

स्थानीय तह (नगरपालिका र गाउँपालिका) को स्रोत र सेवामा आदिवासी जनजातिको पहुँच ...

थारुहरुमा भूमि कै चिन्ता

img

भूमिलाई आवाद गरेर कृषि भूमि बनाउने आदिवासी थारुहरु भूमिहीन बन्दै गएकोमा थारु ...

आदिवासीको आर्थिक विकासको सवाल

img

आदिवासी जनजातिको अधिकारको सवाल उठ्ने बित्तिकै आर्थिक सवालको चर्चा हुने गर्दछ । ...

तामाङ र बौद्ध धर्मको आयाम

img

तामाङ प्रथम राष्ट्रले आधुनिक नेपाल निमार्ण हुनु भन्दा हजारौ वर्ष पहिले देखि ...

कुलमान भ्रष्ट कि मोदी मतियार !

img

२४ सैं घण्टा जनतालाई उज्यालो दिन सफल भएका कुलमान घिसिङमाथि पटकपटक षड्यन्त्रपूर्ण ...

विप्लवको सत्तोसराप र सिकेसँग प्रचण्डको तुलनाभित्र लुकेका यथार्थ

img

नेपालको तराईभूमिलाई टुक्र्याएर छुट्टै देश बनाउने अभियान थालेका चन्द्रकान्त राउतसँग सरकार र ...

पत्रपत्रिका

सबै