आइटिसीका सबै पदाधिकारी निर्विरोध निर्वाचित

अध्यक्षमा के.एम. तामाङ, महासचिवमा तामाङ घेदुङका मोहन गोले

| मिरिक

अन्तर्राष्ट्रिय तामाङ परिषद्को अध्यक्षमा अखिल भारतीय तामाङ बौद्ध संघका के.एम. तामाङसहित १९ सदस्यीय पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । दार्जिलिङको मिरिकमा जारी परिषद्को चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनको दोस्रो दिन मंसिर २९ गतेको बन्दसत्रले सबै पदाधिकारीहरु निर्विरोध निर्वाचन गरिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त अधिवक्ता डा. कुन्साङ योञ्जनको निर्वाचन समितिद्वारा प्रकाशित निर्वाचन परिणाम अनुसार परिषद्को वरिष्ठ उपाध्यक्षमा तामाङ घेदुङबाट टासी लामा तामाङ, उपाध्यक्षमा उत्तर–दक्षिण अमेरिकाबाट उत्तर अमेरिका तामाङ समाजका भोजकुमार दोङ, युरोपकोतर्फबाट इजरायल घेदुङका बीबी लामा तामाङ, पूर्वी एसिया तथा अष्ट्रेलियाको तर्फबाट तामाङ समाज जापानका अस्मिता लामा, खाडी तथा मध्ये पूर्वका तर्फबाट बहराइन तामाङ सेवा समाजबाट सोनाम दोङ तामाङ, दक्षिण एसियाका तर्फबाट घेदुङका कुमार ब्लोन, महिलाबाट घेदुङका मिना तामाङ लुङ्बा निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा घेदुङका अध्यक्ष मोहन गोले तामाङ, सचिवमा तामाङ समाज युएईका रबिन कुमार लामा र महिला सचिवमा बेल्जियम तामाङ समाजका गोपीमाया मोक्तान रहेका छन् भने कोषाध्यक्षमा अखिल भारत तामाङ बौद्ध संघका कमला तामाङ थिङ, सहकोषाध्यक्षमा साईप्रस घेदुङका नानू गोम्जा निर्वाचित भएका छन् । बाँकी सदस्यहरु भने पछि कार्यसमितिले मनोनयन गर्नेछन् ।

निर्वाचन प्रकृया सकिएपछि निर्वाचन आयुक्त अधिवक्ता योञ्जनले तामाङ भाषामा सपथ खुवाएको थियो ।

प्रतिकृया दिनुहोस्

आदिवासी जनजातिको चाडपर्वमा बिदा दिने: मुख्यमन्त्री राउत

img

प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले आदिवासी जनजातिहरुले योभन्दा अगाडि पाउँदै ...

आज तमु ल्होसार, गुरुङ समुदायले मनाउँदै

img

आज तमु ल्होसार, गुरुङ समुदायको महान पर्व । गुरुङ समुदायले आफ्नो नयाँ ...

ल्होछार, उभौली, उधौलीमा बिदाको माग गर्दै राजदूतलाई ज्ञापन-पत्र

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया प्रवास शाखाले विभिन्न समुदायको चाडहरुमा नेपाल ...

बिदा माग गर्दै बिरोध सभा (फोटोफिचर/भिडियो)

img

आदिवासी जनजातिले मनाउने चाडपर्वको बिदा कटौतीलाई पुनस्थापना गर्न माग गर्दै आन्दोलन गरेको ...

आइटिसी चौथो सम्मेलन बन्दसत्र सुरु

img

अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलनको बन्दसत्र सुरु भएको छ । शुक्रबारबाट भारतको ...

आइटीसी : चौथो तामाङ सम्मेलन सुरू

img

अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलन शुक्रबारदेखि भारतको मिरिकमा सुरू भएको छ । ...

पत्रपत्रिका

सबै