प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाइने

| रसुवा

रसुवाको कालिका गाउँपालिका–५ जीवजीवेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा विकास गरिने भएको छ ।

प्रदेश नं. ३का १६ स्वास्थ्य संस्थालाई १५ शैय्याको अस्पतालको रुपमा विकास गरिने योजना अनुरुप केन्द्रलाई अस्पताल बनाइन लागिएको हो । यसअघि जिल्लामा रहेको कालिका सामुदायिक अस्पताल व्यवस्थापनको अभावमा बन्द भइसकेको छ ।

रसुवामा अहिले एउटा अस्पताल, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, १७ वटा स्वास्थ्य चौकी र ७ वटा सामुदायिक स्वास्थ्य इकाई छन् ।

जीवजीवे प्रथामिक स्वास्थ्य केन्द्रलाई कालिका स्थानमा सार्न लागेको भन्दै केही समयअघि स्थानीयले विरोध गरेका थिए । केन्द्रलाई अस्पतालको रुपमा विस्तार गरिने निर्णायले स्थानीयमा खुशी छाएको छ ।

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले १३ वटा प्रथामिक स्वास्थ्य केन्द्र र ३ वटा स्वास्थ्य चौकीलाई अस्पतालकै रुपमा विस्तार गर्न लागेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

रसुवा अस्पतालको अध्यक्षमा रामशरण

img

कार्तिक ३० गतेको मन्त्री परिषदको बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत ...

नौकुण्ड पारच्याङमा स्वास्थ्य शिविर सम्पन्न

img

जिल्लाको नौकुण्ड गाउँपालिका ३ पारच्याङमा निशुल्क एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको ...

टन्सिलबाट कसरी बच्ने ? 

img

जाडो दिन दिनै बढ्दो छ । जाडोमा देखिने शारीरिक समस्यामध्ये घाँटी दुख्ने ...

सिरहाको सोठियाइनमा डा. केसीको स्वास्थ्य शिविरसँगै कम्बल वितरण

img

त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सिरहाको दुर्गम दलित बस्तीमा ...

ललितपुरमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न

img

जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा बागमती गाउँपालिकामा पहिलो चरणको एकीकृत घुम्ती सेवा ...

ल्याब टेक्निसियनको भरमा औरहीका स्वास्थ्य केन्द्र

img

दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ स्थित प्राथमिक ...

पत्रपत्रिका

सबै