आइटिसी चौथो सम्मेलन बन्दसत्र सुरु

अध्यक्ष महेन्द्रजंग तामाङबाट प्रगति प्रतिवेदन प्रस्तुत

| मिरिक

अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलनको बन्दसत्र सुरु भएको छ । शुक्रबारबाट भारतको मिरिकमा आयोजित सम्मेलनको बन्दसत्रमा परिषदका अध्यक्ष महेन्द्रजंग तामाङले प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।

अध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनमा परिषद्ले अहिलेसम्म गरेका कार्यहरु, नीतिहरुको बारेमा प्रष्ट पारेको छ ।

सन २००२बाट स्थापना संस्थाले अहिलेसम्मका नेपालमा पहिलो र तेस्रो र भारतमा दोस्रो र चौथौ सम्मेलन गरिएको छ ।

तेस्रो सम्मेलनबाट तामाङ समाजमा सांस्कृति पूनर्जागरणसहितको १० वर्षे अभियान पारित गरिएको थियो । प्रतिवेदनमा गत वर्ष लुम्बिनीमा तीन दिने विश्व बौद्ध सम्मेलनमा संस्थाको तर्फबाट सहभागी भएको थियो ।

त्यसैगरी काठमाडौंमा ३ दिने लिपि र भाषा प्रशिक्षण, दोस्रो सम्मेलनमा भएका निर्णयअनुसार घेदुङ र प्रज्ञा प्रतिष्ठानसँग सहकार्यमा तामाङ शब्दकोष निर्माण तथा प्रकाशन गर्न ७ सदस्यीय निर्देशक समिति गठन गरिएको थियो । तर त्यही अनुरुप प्रतिष्ठानले कार्य नगरेको आरोप प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै बन्दसत्रमा काजीमान तितुङले संस्कार, संस्कृति संशाेधन, परशुराम तामाङले आगामी निति तथा कार्यक्रम, खेन्पो साेनाम घ्युर्मेले तामाङ बाैद्ध पञ्चांग समितिको मस्याैदा, अधिवक्ता डा. कुन्साङ योञ्जनबाट विधान संशोधन मस्याैदा प्रस्तुत गरेका थिए ।

मस्याैदामाथी प्रतिनिधिहरूले छलफल गरिरहेका छन् । आज दोस्रो दिन उक्त मस्याैदालाई अनुमोदन गर्नेछ । 

प्रतिकृया दिनुहोस्

घेदुङले गरे समीक्षा

img

संघीय सरकारले सबैको अपनत्व हुने गरी ल्होछारको सार्वजनिक विदा दिने पहलकदमीमा लागेको ...

फोनिज प्रदेशको अध्यक्षमा पेमा

img

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ३ को प्रथम महाअधिवेसनबाट अध्यक्षमा काभ्रेका ...

तामाङ अध्ययन गोष्ठी सम्पन्न

img

तामाङ न्हाङखोरले प्रथम वार्षिकोत्सवकाे तामाङ अध्ययन गोष्ठी सम्पन्न गरेको छ । फागुन २७ ...

डाजाङको वृत्तचित्र प्रदर्शन 

img

तामाङ डाजाङले ह्रिस्यांगु सेरोफेरोमा साहित्यिक यात्रालाई समेटेर खिचिएको जानकारीमुलक भिडियो एक कार्यकमबीच ...

मातृभाषा दिवस सम्पन्न

img

२० औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पन्न भएको छ । विहीबार नेपाल प्रज्ञा ...

फोनिजले जारी गर्यो १३ बुँदे घाचोक घोषणापत्र

img

माछापुच्छ्रे गाउँपालिका–१ घाचोक (टुसे) मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) राष्ट्रिय भेलाले ...

पत्रपत्रिका

सबै