चरित्र

| कथा

यो घरको सासु बुहारीबीच असाध्यै मिल्ति थियो । गाउँघरमा सासु बुहारीको नमूनायोग्य उदाहरण दिनुपर्दा उनीहरुकै नाम अग्रपंक्तिमा हुन्थ्यो । सासु भन्ने गर्थिन्– ‘यो बुहारी असाध्यै असल छिन् । त्यति मात्र कहाँ हो र यसले यो घरको संघारमा खुट्टा टेकेकी दिनदेखि लच्छिन नै लच्छिन भित्रिएको छ ।’ 

बुहारी पनि मख्ख परेर भन्थिन्– ‘मेरो सासुआमै साक्षेत देवी हुन् । ममताकी खानी ।’

एकदिन यो घरको कुनै सदस्यले कल्पना नगरेको घटना अचानक घट्यो । छोरो चाहिले बुहारीमाथि सौता हाल्यो । त्यसको भोलिपल्टै देखि यो घरमा कलह सुरु भयो । सासु चाहिँलाई लाग्यो– पाल्ने मान्छे त छोरो हो । यो बुहारी होइन । बुहारी चाहिँलाई पनि लाग्यो– माया गर्नुपर्ने मूलीले त सौता हाल्यो । यो सासुबुढीको मायाको के अर्थ ? 

गाउँभरीका मान्छेको मुखेन्जि सासु चाहि भटभटिन थालिन्– ‘यही खराब आइमाइले गर्दा मेरो छोरोले सौता हुल्नु पर्यो । कस्ता अलच्छिना, असति घर भडुवा आइमाइ पाली राख्नु पर्यो नि यत्रो वर्षसम्म ।’

बुहारी पनि के कम रु सासु चाहिको कटाक्ष गर्न थालिन्– ‘कस्ता राक्षसनी बुढी । यस्ती क्रुर बुढीमान्छे त मैले आजसम्म देखेकी नै छैन ।’

प्रतिकृया दिनुहोस्

बाटो

img

मन्त्रीहरुको चिप्लो गाडी दिनकै सरर गुड्ने हामी जनता चाहिँ घन्टौंसम्म बस कुर्नु पर्ने जताततै ...

फलामसिंहदेखि फाल्गुनन्द

img

मद–मांसमा उहिलेदेखि नै कहलिएको जाति हो, लिम्बू । यो परम्पराले लिम्बू समाजलाई ...

‘अखण्ड आलाप’ भाषिक सिन्डिकेड तोड्ने कविता संग्रह

img

पहिले पहिले हामीले कविता लेख्न आरम्भ गर्दा भाषा, शिल्प र शैलीका कुरा ...

बलात्कारी

कसैको अनैतिक गर्भ बोकेर  त्रिशूलीमा फाल हानिन्  फूलमाया विक सरकारले गिरफ्तार गर्यो मंगलेलाई  मंगलेले रुँदै भन्यो–  ‘सरखार !  म त गोठालो मान्छे  उनकै लागि प्रेमपत्र बोकेर  पर्खिरहेछु वर्षौदेखि ।’ सरकारले घेरा हाल्यो गाउँलाई  गाउँले एक स्वरले बयान दियोे– ‘हजुर !  फूलमाया कलाकार ...

फापारे गीतको महत्व

img

यतिखेर हाम्रो तामाङ समाजमा फापारे गीत अरु भन्दा हल्का गीतको रुपमा लिइदैछ ...

गजल

यो कसलाई तिमीले साथ लिएर आयौ ? उसै अँध्यारो छ, फेरी रात लिएर आयौ । माटो छ प्यारो सबैलाई ज्यान छ प्यारो कठै ! मान्छे मारेको प्रभात लिएर आयौ । बुद्ध जन्मेको देश, तिम्रो ...

पत्रपत्रिका

सबै